१५ बैशाख २०८२, सोमबार

 

देशलाई प्रतिगमनबाट जोगाउन जवाफदेही र पारदर्शि नेता देशले खोजेको छ : नारायणकाजी श्रेष्ठ ( भिडियो )

बागलुङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई जन चाहाना अनुसार शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्वमा रहेका सबै कमरेडहरु तयार हुनु पर्ने बताउनुभयो।

देशलाई प्रतिगमनबाट जोगाउन, आर्थिक समृद्धि तर्फ लाग्न र समाजवादको आधार तयार गर्न जवाफदेही र पारदर्शि नेता देशले खोजेको उहाँको भनाई थियो ।

नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिद्वारा शनिवार बागलुङ बजारमा आयोजित जनयुद्ध, संविधान र समाजवाद विषयक प्रशिक्षण कार्यक्रममा उहाँले माओवादी सरकारमा जानु नहुने र आफनै वर्ग तर्फ फर्केर जनताको सेवा गर्न तयार हुनु पर्ने बताउनुभयो ।

त्यसको लागि पार्टीभित्र मौलाएको गुट, व्यक्तिवाद र गैर सर्वहारा प्रवृत्ति अन्त्य गर्न अगाडि बढ्नु पर्ने र पार्टी शुद्धीकरण अभियान नेतृत्व तहबाटै सुरु गर्नुपर्ने बताउनुभयो ।

गणतन्त्रमा जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लागेको बेला आफूलाई जनउत्तरदायी र जनपक्षिय रुपमा संगठन शक्तिशाली बनाउन र जनता र कार्यकार्ता कहाँ जानुपर्ने नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनुभयो ।

देशको बदलिदो परिवेश, संगठनात्मक अवस्था र नेताहरुको आचरणमा शुद्धीकरण हुनुपर्छ भन्ने जनताको माग रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागलुङ ईन्चार्ज चन्द्रबहादुर बुढा सागरले बताउनुभयो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठको अध्यक्षता र सहसचिव जिवन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung