१६ बैशाख २०८१, आईतवार

 

ल्हासादेखि लुम्बिनीसम्म रेलमार्ग छिट्टै बन्ने : प्रचण्ड

मार्गल्हासादेखि लुम्बिनीसम्म रेलमार्ग बनाउने योजना केही दिनमा अगाडि बढ्ने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबार रूपन्देहीको तिलोत्तमा पुगेर यस्तो जानकारी गराएका हुन् ।

नगरपालिकाले गरेको तिलोत्तमा इन्मेष्टमेन्ट समिटमा बिहीबार दाहालले ल्हासादेखि लुम्बिनी रेलमार्ग अब सपना अब सिमित नहुने बताए । ल्हासादेखि लुम्बिनी रेलमार्ग हिजो हामी सपना होकी भन्ने भ्ममा नपर्न उनले आग्रह गरे ।

रेलमार्ग बन्यो र सडक पनि फराकिलो बनाउन सकियो भने लुम्बिनीमा पर्यटक बढ्ने उनले बताए। यस्ता पूर्वाधार बनेभने लुम्बिनी पर्यटनको दृष्टिले अरबको मक्का मदिनाभन्दा पनि केन्द्रमा पर्ने उनको भनाइ रह्रयो । पूर्व पश्चिम रेल र भैरहवामा विमानस्थल सञ्चालनमा आएपछि यस  क्षेत्रमा पर्यटक बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्