१ जेष्ठ २०८१, मंगलवार

 

सीकाे भ्रमण दुबै देशले गर्व गर्न सक्ने गरी सम्पन्न

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र दुरगामी महत्व राख्ने किसिमबाट समपन्न भएको छ । नेपाल आफैमा दुई ढुंगाको तरुल रहेको अवस्थामा आपसी समवन्धलाई पुर्नताजगी गर्नु आवश्यक रहन्छ । त्यही क्रममा समपन्न चिनियाँ राष्ट्रपति सीको भ्रमण २३ वर्षको अन्तरालमा उच्च महत्वका साथ समपन्न भएको छ ।

त्यसले दुइ देशको समवन्धमा मात्र नभएर अन्तराष्ट्रिय समवन्धका लागि समेत एउटा सन्देश प्रवाह गरेको छ । नेपाल चीनका लागि असल छिमेकी मात्र नभएर नजीकको मित्रराष्ट्र पनि हो ।

नेपालको दुःख र सुखमा चीन नेपालसँग सहकार्य गर्न सदैव साथ छ, भन्ने सन्देश प्रवाह भएको छ । नेपालको विकास र समृद्धीका लागि दक्षिणी छिमेकी जस्तै उत्तरी छिमेकी पनि साथ र सहयोगी बन्न लालयित छ, भन्न सक्ने

नेपालका नेतृत्वकाे दाबीलाई सीको नेपाल भ्रमणले प्रमाणित गरेको छ ।सीको नेपाल भ्रमण कोशेढुंगा रहेको र दुई देशबीचको सम्बन्धलाई प्रगाढता कायम गर्न समेत सफल भएको मान्नु पर्छ ।

यसपटक सीको भ्रमणका क्रममा देखिएको राजनीतिक शब्दावली सत्कारमा देखिएको नेपाल सरकारको परिपवक्ता पक्कै चिनियाँ पक्षले स्मरण गरिरहने छ । नेपालको विकास र समृद्धिमा समेत यो भ्रमण स्मरणीय हुन सक्नेछ ।

सीको भ्रमण भारतको भ्रमणसँगै भएकोले पनि नेपाललाई आन्तरिक सुरक्षा व्यवस्थापन गर्न सहज भएको छ । सीको देश चीनले स्वशासित गरेको देश तिब्बत नेपालको सिमाक्षेत्र हो ।

त्यहाँका केही नागरिक अहिले पनि नेपालमा शरणार्थी रुपमा रहेका छन् । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती दलाई लामाका सर्मथकहरु नेपालमा पनि छन् । उनको भ्रमणका बेला ती पक्षबाट कुनै गतिबिधी हुन नदिनु नेपालको सबैभन्दा ठुलो सफलता भएको छ ।

उनीहरुका गतिविधीलाई निगरानी यतिवेला नेपाल तथा भारतबाट एकै समयमा हुन पुग्यो । त्यसले गर्दा पनि भ्रमणका क्रममा हुनसक्ने कुनै अवाञ्छित गतिबिधी निगरानी गर्न सहज भयो । किनकी भारतले आफ्नै देशमा निम्ताएका अतिथी बिरुद्ध कुनै गतिबिधी गर्न दिने कुरै भएन् ।

साथै त्यही अवसरमा नेपालबाट त्यहाँ पुग्ने संभावनालाई समेत भारतले आफ्नो सुरक्षा व्यवस्था अन्र्तगत कडा निगरानी ग¥यो । नेपाल वा भारतमा दलाइ लामा सर्मथकहरुले कुनै गतिविधी गर्ने गराउनेहरु माथि दुबै देशबाट थप निगरानी हुनुले पनि नेपालका लागि चुनौतीको सामना गर्न सहज भयो ।

सी जसरी भारतको राजकिय भ्रमणमा प्रशन्न भएर फर्किए त्यसरी नै नेपालको भ्रमणबाट पनि फर्किएको हुनपर्छ । उनको भ्रमणले नेपालका केही विकास परियोजना संभावनालाई यथार्थमा परिणत गर्न बल पुगेको छ । अन्तिम समयमा भएका २० समझदारी पत्रले त्यसलाई पुष्टी गर्छ ।

त्यसो त चीनले नेपाललाई उक्त समझदारी पत्रका हस्ताक्षर गरेभन्दा पनि धेरै सहयोग गर्न सक्ने संभावना रहन्छ । किनकी बिआरआईमा भारतको सर्मथन नरहेका बेला पनि नेपालले गरेको हस्ताक्षर सहितको सर्मथनले भारतले भन्दा धेरै सहयोग गरेर आफ्नो पक्षमा पर्नु उसका लागि अवसर पनि हाे ।

तर नेपालमा सदियौं देखि रहेको भारतको समवन्धलाई ध्यान दिएर औपचारिक रुपमा भारतको तुलनामा कम सहयोगले चीनले आफ्नो स्थानलाई सुरक्षित राख्न खोजेको पनि हुन सक्छ । बीपी कोइरालाको आत्मकथा अध्ययन गर्दा चीन, नेपाल तथा भारतको समवन्धका आयामबारे जानकारी हुन्छ ।

सन् १९६० मा बीपी कोइरालाले प्रधानमन्त्रीको हैसियतमा चीनको भ्रमण गर्दा तत्कालिन राष्ट्रपति चाउएनलाईले कोइरालाले भनेका थिए, तिम्रो नजीकमा भारतमा छ, उसको भन्दा धेरै ठुलो सहयोग ग¥यौ भने तिमीहरुसँगको समवन्धमा केही उतारचढाव आउनसक्छ ।

त्यसैले उसले भन्दा हामीले कम सहयोग गरेर आफ्नो मित्रवत समवन्ध राख्नु हाम्रा लागि बुद्धिमानी हुन्छ, भनेका थिए । बीपीको भारत भ्रमणका क्रममा भारतले १८ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएकोमा चीनले १५ करोड रुपैयाँको सहयोग गरेर कोइरालाको चीन भ्रमणलाई सफल बनाएको थियो ।

अहिले समयको अन्तरालमा पनि त्यो यथार्थतालाई चीनले राम्रैसँग मनन् गरेको हुनपर्छ । नेपालको आन्तरिक राजनीतिक अवस्थालाई समेत ध्यान दिएर सीले नेपालका नेताहरुसँग भेट गरे ।

त्यसको उदाहरण प्रतिपक्षी नेपाली कांग्रेससँगको समवन्धलाई महत्व दिएर पहिलो ‘वान टु वान’ भेट गर्ने क्रममा देउवालाई निम्ताए । सरकार पक्षिय नेताहरु कै समकक्षमा राखेर उनीसँग कुराकानीमा समय व्यतीत गरे । उक्त भेटले नेपालको राजनीतिक अवस्थाका बारेमा समेत सीले जानकारी राखेको पुष्टी हुन्छ ।

भारतको सहयोग र साथले नेपालको विकासमा गति पाइरहेको बेला भारतलाई चीनले उछिन्न नखोजेको पनि हुनसक्छ । सीको भ्रमणमा देखिएको परिपक्वता भविष्यमा पनि कायम राख्न सकियो भने सरकारले भन्ने गरेको समृद्धिका लागि भविष्यमा अझै सहयोग बढ्न सक्ने संभावना छ ।

किनकी नेपालले सधै एक चीन नीतिमा प्रतिवद्धता जनाउदै अाएकाे छ । साथै चीनको सुरक्षा चुनौतीलाई ध्यान दिदै आएको छ । पछिल्लाे पटक आफ्नै आर्दशका समकक्षी नेताको नेतृत्व रहेको नेपालमा चीनले मौनतामा आधारित रहेर थप सहयोग गर्ने संभावना पनि छ ।

सीको २३ वर्षको अन्तरालमा भएको भ्रमण आफैमा महत्व र सन्देश पूर्ण छ । नेपालले सही समयमा उनलाई अथिती बनाएर आफ्नो परिपक्वता देखाएको छ । त्यसैले यो भ्रमणका बारेमा दुबै देशले आफैमा गर्व गर्न सक्ने गरी समपन्न भएको दाबी गर्नु अतियुक्ति हुने छैन् ।

प्रतिक्रिया दिनुहोस्