४ श्रावण २०८३, सोमबार

 

ट्राफिक सप्ताह सम्पन्न, ट्राफिक व्यवस्थापन सबैको साझा मुद्धा बन्नुपर्ने जोड

बागलुङ । ट्राफिक व्यवस्थापन सबैको साझा मुद्धा बन्नुपर्ने बागलुङका सरोकारवालाहरुले जोड दिएका छन् । सडक सुरक्षा तथा ट्राफिक सप्ताह २०८१ को समीक्षा तथा समापन समारोहमा बोल्दै यस्तो बताएका हुन् । समीक्षा सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताह २०८१ को समीक्षा सहित समापन गरिएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ट्राफिक व्यवस्थापन गर्न सबैको सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । बजारमा अत्याधिक तथा जथाभावी रुपमा पार्किङ गर्ने समस्या बढेर गएको बताउदै यस्ता खालका कार्यलाई एक्लै नभएर सबै सङ्ग सहकार्य गरेर मात्र समस्याको समाधान हुने जोड दिनु भयो।

बजार क्षेत्रमा केही मोटर साइकल चालकले रातीको समयमा स्वरुप परिवर्तन गरि चर्को आवाजमा हिडेको र रातमा बजारवासीलाई त्रसित पर्ने गरेको बताउदै त्यस्ता चालकलाई नियन्त्रण गरेर आवश्यक कार्वाही गर्न आग्रह गर्नु भयो । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बजार क्षेत्रमा हुने ट्राफिक जामले पैदलयात्रु तथा व्यवसायीलाई समेत समस्या परेको भन्दै यसको दिर्घकालिन समाधान गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन निउरेले ट्राफिक सप्ताह २०८१ को अवसरमा ७ दिनसम्म संचालन भएका कार्यहरुको बारेमा जानकारी दिनु भयो । सप्ताहको अवसरमा आयोजित कार्यक्रमबाट जिल्लामा २१ हजार बढि नागरिक लाभान्वित भएको ट्राफिक प्रमुख निउरेले जानकारी दिनुभयो।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुखका प्रहरी उपरीक्षक ऋषिराम कँडेलको अध्यक्षता र ट्राफिक कार्यालय बागलुङका प्रमुख निउरेको सञ्चालनमा सम्पन्न भएको थियो । May be an image of 2 people and people studying

May be an image of 2 people and dais

May be an image of 2 people

May be an image of 1 person, dais and text

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung