५ जेष्ठ २०८१, शनिबार

 

सहकारी आर्थिक विकासको आधार हो – सांसद सापकोटा

सहकारी समुदायको आर्थिक विकासको आधार भएको बागलुङको प्रदेश सांसद ईन्द्रलाल सापकोटाले बताउनु भयो ।शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड बागललुङको १७ औं साधारणसभामा प्रमुख अथिति सांसद सापकोटाले उक्त विचार व्यक्त गरेका हुन ।

सहकारीले ऋण र वचत गर्ने काम मात्र नभइकन समुदाय र शेयर सदस्यहरुको आर्थिक विकासका साथै सामाजिक र साँस्कृतिक चेतना र जिवन स्तर माथि उठाउँने भएकोले आफु आबद्ध सहकारीको विकासमा सबै एकजुट भएर लाग्नु पर्ने भनाई सांसद सापकोटाले राखे ।

कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ ,बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष अशोक गोविन्द राजभण्डारी र नेपाल भाषा मंका खल बागलुङको अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य राखेका थिए ।

साधारणसभामा असल ऋणी देवबहादुर श्रेष्ठ ,उत्कृष्ठ वचत कर्ताहरु दिनेश प्रसाद श्रेष्ठ ,प्रमिला राजभण्डारी ,बालवचत कर्तामा अनुष्का श्रेष्ठ ,२७ जना ७० वर्ष भएका जेष्ठ शेयर सदस्यहरु र एसईई परीक्षामा शैक्षिक सफलता हासिल गरेका शेयर सदस्यहरुको छोरा छोरीहरु मन्दिप राजभण्डारी ,संकेत श्रेष्ठ ,आश्रित पालिखे र स्नेहा श्रेष्ठलाई सम्मान गरीएको थियो ।

कार्यक्रममा शंखधर बहुमुखी सहकारी संस्था लिमिटेडकोे अध्यक्ष रतन प्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७६ ,२०७७ को प्रस्तावित नीति तथा कार्यक्रम , सहकारीको सचिव युक्त जंग राजभण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभा शंखधर बहुमुखी सहकारी संस्था लिमिटेडकोे अध्यक्ष रतन प्रसाद श्रेष्ठको अध्यक्षता ,सहकारीको उपाध्यक्ष सुरेश प्रसाद श्रेष्ठको स्वागत र सचिव युक्त जंग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

विसं २०५८ साल फागुन ८ गते बागलुङ बजारको ३६ जना नेवार दाजुभाई दिदी बैनीहरु मिलेर एक लाख बहत्तर हजार शेयर पूँजी संकलन गरी किनारा टोलमा शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो ।

शंखधर सहकारीको आफनै सुविधा सम्पन्न भवना रहेको छ । शेयर पूँजी एक करोड सतासी लाख चालिस हजार सात सय पुगेको छ भने शेयर सदस्यहरुको संख्या ५ सय १४ जना पुगेको शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड सचिव युक्त जंग राजभण्डारीले नयाँ विश्वलाई बताए।

प्रतिक्रिया दिनुहोस्