६ जेष्ठ २०८१, आईतवार

 

आस्था वचत तथा ऋण सहकारीको ८ औं साधारणसभा सम्पन्न

सहकारी शेयर सदस्यहरुको आर्थिक र सामाजिक आधार भएको जिल्ला सहकारी संघको संस्थापक अध्यक्ष तथा ग्रीन डेभलपमेन्ट बंैंकको डाइरेक्टर कृष्ण शंकर श्रेष्ठले बताए । आस्था वचत तथा ऋण सहकारीको ८ औं साधारणसभा श्रेष्ठले प्रमुख अतिथिको रुपमा सो विचार व्यक्त गरेका हुन ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष युवराज राजभण्डारी ,बागलुड बहुुउद्देश्यीय सहकारी संस्था लिको अध्यक्ष अशोक गोविन्द राजभण्डारी ,एकता सहकारी संस्था लिको अध्यक्ष ध्रुव शर्मा ,जिल्ला वचत तथा ऋण सहकारी संस्थाको सचिव ऋषिराम गौतम ,आस्था वचत तथा ऋण सहकारी संस्थाको सल्लाहकार सुरेश प्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

आस्था सहकारीमा उत्कृष्ठ आवधिक वचत गर्ने नन्द जंग राजभण्डारी ,उत्कृष्ठ वचत कर्तामा स्वदेश श्रेष्ठ ,उत्कृष्ठ कारोबार गर्नेमा बलराम गौतम र उत्कृष्ठ कर्मचारीमा निर्मल शाहीलाई सम्मान गरिएको थियो ।

आस्था सहकारीमा राम्रो कारोबार , वचत र असल ऋणीहरु १६ जनालाई पनि सम्मान गरिएको थियो ।सम्मानित हुनेमा विदेश कुमार श्रेष्ठ ,कृष्ण गोविन्द राजभण्डारी ,तिर्थ प्रसाद श्रेष्ठ , सुर्य कुमारी श्रेष्ठ ,लिलाम्बर बज्राचार्य , कृष्ण शर्मा ,दुर्गा श्रेष्ठ ,निर्माण कुमार श्रेष्ठ , निलेश राजभण्डारी ,गगन लाल शाक्य , राजकपुर श्रेष्ठ , संजय कुमार श्रेष्ठ ,दिलिप केसी ,सुन्दर श्रेष्ठ ,अशोक श्रेष्ठ र कमल लामिछाने रहेका छन ।

कार्यक्रममा आस्था वचत तथा ऋण सहकारीको अध्यक्ष श्रीजय श्रेष्ठले वार्षिक कार्यक्रम ,सचिव निलेश राजभण्डारीले आर्थिक वर्ष २०७५ ,७६ को प्रगति प्रतिवदेन तथा आर्थिक वर्ष २०७६ ,७७ को प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष जय राजभण्डारीले २०७५ ,७६ आर्थिक प्रतिवदेन र आर्थिक वर्ष २०७६ ,७७ को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए ।

आस्था वचत तथा ऋण सहकारीको अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गगन लाल शाक्यले र संचालन सचिव निलेश राजभण्डारीले गरेका थिए ।

विसं २०६८ साल जेठ १ गते ५९ जना शेयर सदस्यहरु मिलेर आस्था वचत तथा ऋण सहकारी बागलुङ नगरपालिका वडा नं २ लोकतान्त्रिक चोकमा स्थापना गरेका थिए ।१६ लाख १९ हजार २ सय ५० रुपैया शेयर पूँजी संकलन गरी शुरु भएको सहकारीको हालको शेयर पूँजी १ करोड ५४ लाख २२ हजार ४ सय पुगेको छ भने शेयर सदस्य १ सय १७ जना पुगेको आस्था वचत तथा ऋण सहकारीको प्रबन्धक अर्जुन शर्माले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्