३ श्रावण २०८३, आईतवार

 

भोलि लोकसेवाले अधिकृतको विज्ञापन खुलाउँदै

 

लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि भोलि बुधबार विज्ञापन खोल्ने तयारी गरेको छ ।

आयोगको यस अघि नै प्रकाशित वार्षिक कार्य तालिका अनुसार राजपत्रांकित छैठौं तह शाखा अधिकृत (अप्राविधिक) तर्फ भोलि विज्ञापन हुने भएको हो ।

नेपाल प्रशासन सेवा, लेखा परीक्षण सेवा र नेपाल परराष्ट्र सेवाको रिक्त दरवन्दी पदपूर्तिका लागि सम्बन्धित निकायबाट आएको माग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा पठाएसँगै विज्ञापन हुने भएको हो ।

स्रोतका अनुसार यसपटक सामान्य प्रशासन, राजश्व, लेखा र लेखा परीक्षणमा करीब सात सय र कानूनतर्फ तीन सय गरी एक हजार बढीको संख्यामा विज्ञापन खुल्ने छ ।

लोक सेवाको कार्यतालिका अनुसार मंसिर अन्तिम बुधबार राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको विज्ञापन हुने आयोगको पूर्व निर्धारित कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung