जापानले नर्सिङ केयर गिभरका रूपमा नेपालबाट कामदार लैजान फेरि भाषापरीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा थप परीक्षा गर्न लागेकाे हाे ।
जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछन् । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहनेसँग आवेदन माग गरेको छ । जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालन हुनेछ । मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारेखमा परीक्षाको मिति तोकिएको छ ।
जापानले यसअघि कात्तिकमा सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए । तर उनीहरूमध्ये कतिले सीप परीक्षा पास गरे भन्ने जानकारी दिइएको छैन । यसपटक पनि परीक्षा शुल्क २ हजार ५ सय तोकिएको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट डिल्लीबजारमा परीक्षा केन्द्र तोकिएको छ । स्त्रिप्ट, भुक्याबलरी, कन्भेक्सनल एन्ड एक्स्प्रेसन, राइटिङ टाइप र कम्प्युटरमा टाइपिङ स्किलमा आधारित भएर परीक्षा हुनेछ । २५० पूर्णांककाे परीक्षामा २ सय अंक आए उत्तीर्ण गराइने सूचनामा उल्लेख छ ।













































































































































































































