६ जेष्ठ २०८१, आईतवार

 

इमेज सहकारीको सातौं साधारणसभा

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको सातौं साधारणसभा हालै सम्पन्न भएको छ । कार्यक्रममा संघीय सांसद डा. सूर्य पाठकले इमेज सहकारीले नामअनुसारको काम गर्न सफल भएकाले यसप्रति जनताको विश्वास जागेको बताए ।

सहकारी नेपाली अर्थतन्त्रको तेस्रो मेरुदण्ड भएकाले यसलाई सरकारले सकारात्मक रूपमा लिएको भन्दै उनले छरिएर रहेको पुँजी संकलन गरेर उत्पादनमा लगाउन सके मात्र सार्थक हुने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीषलगायतले सहकारीलाई सहकार्यको भावनाअनुसार अगाडि लैजान सके मात्रै समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने धारणा राखे ।

सहकारीले आर्थिक वर्ष २०७५/२०७६ असारसम्म ८३ करोडको ५२ हजार ६ सय ८१ रुपैयाँको कारोबार गरेको भन्दै संस्थाका अध्यक्ष देवकुमार नेपालीले प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा एक वर्षसम्म उत्कृष्ट कारोबार गर्ने सहकारीका ९३ जना सेयर सदस्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्