२ जेष्ठ २०८२, शुक्रबार

 

कांग्रेस क्षेत्र नं २ बागलुङद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं.२ व्दारा कोरोना रोकथाम अभियान अन्र्तगत विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण अभियान आइतबार देखि सुरु गरिएको छ ।


क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको विशेष पहलमा क्षेत्र नं.२ अन्तर्गतका स्थानिय पालिका, स्वास्थ्य सँस्था, प्रशासन, प्रहरी र पत्रकारलाई विभिन्न सामाग्री वितरण अभियान सुरु गरिएको क्षेत्रीय सभापती कुवरले ईबागलुङलाई बताए ।

अभियान अन्र्तगत ढोरपाटन नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्दमा पुगेर माक्स ५० पिस, जीवन जल १ वक्स, हातधुने सावुन २० पिस, सिटामोल २ वक्स, ग्लोब २ वक्स, सेनिटाइजर १ पिसका दरले ६ थरिका सामाग्री हस्तान्तरण गरिएको नेपाली काँग्रेस प्रदेश २ (ख) का सचिव दिपेन्द्र श्रेष्ठले बताए ।

विपदको समयमा निरन्तर जनताको निम्ती खटिने जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, पत्रकारका निम्ती स्वास्थ्य क्षेत्रमा सुरक्षित रहन थोरै भएपनी राहत पुगोस भन्ने हेतुले आफुहरुले क्षेत्र नं.२ बागलुङ अन्तर्गतका दुई नगरपालिका, ४ गाउँपालिका, चार प्रहरी कार्यालय र ४८ वडामा पर्ने स्वास्थ्य सँस्थामा पुगेर स्वास्थ्य सामागी्र वितरणको अभियान सुरु गरीएको क्षेत्रीय सभापती कुवँरको भनाई छ ।

उनले दिएको जानकारी अनुसार प्रत्यक कार्यालयमा माक्स ५० पिस, जीवन जल १ वक्स, हातधुने सावुन २० पिस, सिटामोल २ वक्स, गलोब २ वक्स, सेनिटाइजर १ पिसका दरले वितरण गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी क्षेत्र नं.२ अन्तर्गत पर्ने २ नगर र ४ गाउँपालिकामा १÷१ पिस पीपीई उपलब्ध गराउने तयारी समेत भइरहेको सभापती कुवँरले बताए ।

ढोरपाटन नगरपालिका कार्यालयमा आयोजित सामागी्र हस्तान्त्रण कार्यक्रममा नगरप्रमुख देवकुमार नेपालीले बोल्दै विपदको घडीमा सबैले समन्वय गरेर नागरिकको समस्यालाई सम्बोधन गरिनुपर्ने बताउँदै नेपाली काँग्रेसले थालेको अभियानले कर्मचारी, प्रहरी, स्वास्थ्य कर्मीलाई कोराना रोकथाम अभियानमा सुरक्षित रहन सहयोग पुग्ने बताए । पार्टीले इलाका प्रशाशन कार्यालय बुर्तिबाङ र बुर्तिबाङ स्थित सञ्चार माध्यमलाई समेत माक्स, सावुन र गलोब हस्तान्तरण गरेको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सँस्था व्यवस्थापन समितीका अध्यक्ष तथा ढोरपाटन नगरपालिका १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीको उपस्थितीमा सामाग्री हस्तान्तरण गरीएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले विपदको समयमा चिकित्सकका लागि आवश्यक पर्ने सामाग्रि देशभर अपुग भइराखेको अवस्थामा नेपाली काँग्रेस पार्टीले गरेको सहयोगले थप राहत पुग्ने बताउँदै स्वास्थ्यकर्मीका निम्ती अति आवश्यक पर्ने सामाग्रि स्वास्थ सँस्थालाई उपलब्ध गारएकोमा धन्यबाद दिए ।

त्यसैगरी इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले स्वास्थ्य सामाग्री ग्रहण गर्दै आयोजकलाई धन्यबाद ज्ञापन गरे । उनले बजारमा माक्स, गलोबको अभाव भइराखेको अवस्थामा यस्ता आवश्यकीय बस्तु वितरणले राहत पुग्ने बताए ।

पार्टीले भोलीदेखि ४८ वटै वडा अन्तर्गत पर्ने स्वास्थ्य सँस्था, प्रहरी र स्थानिय पालिकामा उक्त सामाग्री वितरणको कार्यक्रम जारी राख्ने क्षेत्रीय सभापती कुवँरले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.२ बागलुङका सभापती दोर्णकुमार कुवँर, महाधिवेशन प्रतिनिधी सिँहबहादुर राना, प्रदेश २ (ख) सचिव दिपेन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधी यामु पौवी, ढोरपाटन नगर सभापती शालिकराम शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung