१ जेष्ठ २०८२, बिहीबार

 

लायन्स क्लब बागलुङ कालिकाको अध्यक्षमा जिसी

हामी सेवा गर्छौं भन्ने उदेश्यले गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ कालिकाको वर्ष २०२१,२२ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।दिनेश जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

क्लबको बैठकले दिनेश जिसीको अध्यक्षतामा निवर्तमान अध्यक्ष गोविन्द बहादुर पौडेल ,प्रथम उपाध्यक्ष शिव बहादुर केसी, द्वितिय उपाध्यक्ष बद्री ढुङ्गाना, तृतिय उपाध्यक्ष नारायण पौडेल, सचिव खगेश्वर पौडेल, कोषाध्यक्ष देवेन्द्र खड्का मेम्बरसिप चेयरपर्सन सुशिल पन्त शिशिर, क्लब सर्भिस चेयरपर्सन मधुसुदन राज पाण्डे,

क्लब मार्केटिङ तथा कम्युनिकेशन चेयरपर्सन हिमाल आचार्य, डाईरेक्टर देवप्रकाश घिमिरे डाईरेक्टर ऋषिराम गौतम, डाईरेक्टर विजय अधिकारी, डाईरेक्टर सविन गौतम चयन भएको निर्वाचन समितिका संयोजक सुवास आचार्यले बताए ।

क्लवले सामाजिक सेवाको साथै क्लवको सदस्यहरुको ब्यक्तित्वको विकासको क्रियाकलाप गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung