२ जेष्ठ २०८२, शुक्रबार

 

ताराखोलाको विपद् कोषमा कर्मचारीको १ लाख

ताराखोला गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा कर्मचारीहरूले सहयोग गरेका छन् ।
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, विपन्न परिवारलाई राहत वितरण गर्न स्थापना गरिएको कोषमा गाउँपालिकाका कर्मचारीले १ लाख ६ हजार २ सय ३६ रुपैयाँ सहयोग गरेका हुन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीको तलब कट्टी गरी जम्मा हुन आएको १ लाख ६ सय ८१ रुपैयाँको चेक र ५ हजार ५ सय ५५ रुपैयाँ नगद गाउँपालिका अध्यक्ष प्रकाश घर्तीलाई प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung