४ जेष्ठ २०८२, आईतवार

 

वडा अध्यक्ष घर्ती ८० केजी गाँजासहित पक्राउ

निसीखोला गाउँपालिका–६ का अध्यक्ष करिब ८० केजी गाँजासहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङले वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा घर्तीसम्म प्रहरी पुगेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको हो । उनलाई पक्राउ गरेर सदरमुकाम ल्याइनेछ ।

घर्तीले भने लागूपदार्थ बनाएर बेच्न नभइ घरबारीमा उम्रेको गाँजा मल बनाएर बोरामा हालेको बताएका छन् । ‘खेतमा हाल्ने मल बनाएर राखेको बेलामा पक्राउ परेको बुझिएको छ, अरु अनुसन्धानले देखाउला,’गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले भने, ‘पैसाकै लागि कारोबार गर्न खोजेको देखिँदैन ।’ घटनाबारे थप अनुसन्धानबाट विस्तृत थाहा हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung