७ कार्तिक २०८३, शुक्रबार

 

बागलुङ सूचना तथा संचार सहकारीको १४ औ साधारण सभा सम्पन्न

बागलुङ सूचना तथा संचार सहकारी सस्था लि बागलुङको विहीवार सम्पन्न १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले प्रमुख प्रस्तावको रुपमा संस्थालाई सिवाईसी साकोससँग एकीकरण गर्ने प्रस्ताव सर्वसम्मतीले पारीत गरेको छ ।
एकीकरण पश्चात संयुक्त संस्थाको नाम सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङ रहने भएको छ ।

एकिकरण पश्चात सिवाइसीको कुल सम्पती १ अर्व ५० करोड, सदस्य संख्या १० हजार ३ सय नाघेको छ । सहकारीले बागलुङ जिल्लाका ११ स्थानवाट विकेन्द्रित सेवा प्रवाह गर्दै आईरहेको छ ।

साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अथितिको रुपमा वोल्दै संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले संस्थालाई दिगो र सस्थागत रुपमा अगाडि वढाउनका लागि सहकारीका संचालकको भुमिका महत्वपुर्ण हुने वताउनु भयो ।

सिवाईसी वचत तथा ऋण सहकारी देशका नमुना सहकारीको सूचीमा रहेकोले वित्तिय र गैर वित्तिय क्षेत्रमा सिवाईसीको सेवा प्रभावकारी रहेका भन्दै एकिकरण पश्चात शेयर सदस्यलाई अझै प्रभावकारी सेवा उपलव्ध हुने वताउनु भयो ।

साधारण सभामा बोल्दै नेफ्स्कूनका सञ्चालक एवं सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जिल्लामा आवश्यकताभन्दा वढि सहकारी संस्थाहरु दर्तामा रहेकाले सहकारी संस्थाहरु एकीकरणमा गई सहकारी अभियानलाई अझै सशक्त रुपमा अगाडि वढाउनुपर्ने बताउनु भएको थियो ।

सहकारी आन्दोलनलाई विपन्न वर्गमा केन्द्रीत गर्नको लागि विशेष अभियानको रुपमा सहकारीकर्मीहरु योजनावद्धरुपमा अगाडी वढ्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा फलफूल तथा तरकारी उत्पादक सहकारी संघ लि. बागलुङका अध्यक्ष पार्वती आचायले शेयर सदस्यको हकहितमा सहकारीले सेवा केन्द्रित गर्नुपर्ने वताउनु भयो । बागलुङ सूचना तथा संचार सहकारीका सल्लाहकार एवं एकिकृत कार्यदलका सदस्य कृष्णशंकर श्रेष्ठले एकिकरणको सर्त तथा कार्यविधि प्रस्तुत गर्नु भएको थियो ।अध्यक्ष बसन्त कुमार श्रेष्ठले सहकारी संचालनमा महत्वपूर्ण सहयोग गरेका सबै सल्लाहकार,कार्यसमिति,शेयर सदस्यहरु र कर्मचारी वर्गलाई धन्यवाद दिदै सबै शेयर सदस्यहरुलाई आधुनिक सेवा दिन संगठिन रुपमा अगाडि बढ्न लागेको र एकिकरणले सहकारीको लक्ष्य र संचारको उद्देश्य प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

साधारण सभाले सस्थाका सचिव ज्ञानेन्द्र गौतमले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७६,०७७ को प्रगती प्रतिवेदन तथा आ.व २०७७,०७८को प्रस्तावित निति तथा कार्यक्रम र कोषाध्यक्ष राजेश भारीले प्रस्तुत गर्नु भएको आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभा संस्थाका अध्यक्षता वसन्तकुमार श्रेष्ठको अध्यक्षता उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत र सचिव ज्ञानेन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारी एैन २०७४ अनुसार एउटै उदेश्यको एउटा सस्था रोज्ने समय नजिकिदै गर्दा सिवासी प्रतिको आकर्षण वढेको छ ।सहकरीमा हाल सम्म २६ वटा सहरकारी सस्थाहरु एकिकरणको प्रक्रिया अगाडी वढेको सस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले वताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung