३ जेष्ठ २०८१, बिहीबार

 

अन्तरपार्टी महिला सञ्जाल बागलुङको अध्यक्षमा नेकपाकी बुढा

अन्तरपार्टी महिला सञ्जाल बागलुङको अध्यक्षमा सत्तारूढ नेकपाकी कुसुम बुढा चयन भएकी छन् । आलोपालो प्रणालीअन्तर्गत बुढाले आगामी एक वर्षका लागि सञ्जालको नेतृत्व सम्हालेकी हुन् ।

उनलाई निवर्तमान अध्यक्ष मञ्जु क्षत्रीले सञ्जालको निर्णय–पुस्तिका प्रदान गरी पद हस्तान्तरण गरिन् । सञ्जालको उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट भगवती केसी, सचिवमा नेपाली कांग्रेसबाटै पिङ्गला जीसी खड्का, सह–सचिवमा सत्तारूढ नेकपाबाट टीकाकुमारी विक र कोषाध्यक्षमा जनता समाजवादी पार्टीकी मिमा गुरुङ श्रीस चयन भएका छन् ।

यस्तै सदस्यमा मञ्जु क्षत्री, सुनीता श्रेष्ठ, गंगा शर्मा, चिनीमाया कालामगर, लक्ष्मी बोहोरा, सीता सापकोटा, गोमा छन्त्याल, कमला पराजुली र बलीमाया थापा छन् ।

महिलाहरूको हक र अधिकारका लागि सबै सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने सञ्जालकी नवनियुक्त अध्यक्ष बुढाले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्