७ जेष्ठ २०८१, सोमबार

 

ढुङ्गे धारा दिदीबहिनी समूहद्वारा मातातीर्थ वृद्धाश्रमलाई २५ हजारको खाद्यान्न र सरसफाइका सामान हस्तान्तरण

काठमाडौं । ढुङ्गे धारा दिदीबहिनी समूहले मातातीर्थ वृद्धाश्रममा बस्नु हुने जेष्ठ नागरिकहरुलाई खाद्यान्न र सरसफाइका सामान उपलब्ध गराएको छ ।

काठमाडौ महानगरपालिका-१५ वनस्थलीमा क्रियाशिल ढुङ्गे धारा दिदीबहिनी समूहले काठमाडौं महादेवस्थानमा रहेको मातातीर्थ वृद्धाश्रम समितिलाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न र सरसफाइका सामान उपलब्ध गराएको समूहकी अध्यक्ष रसुमिला श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

ढुङ्गे धारा दिदीबहिनी समूहले स्थापना कालदेखि सामाजिक, मानविय, जनस्वास्थ्य, शिक्षा र धार्मिक क्षेत्रहरुमा सहयोग गर्दै आउनु भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन समूहकी सचिव ललिता थापाले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस्