५ असार २०८३, शुक्रबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहको अध्यक्षमा मन्दिरा श्रेष्ठ

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहको एघारौँ भेलाले मन्दिरा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

शुक्रबार काठमाडौंमा सम्पन्न भेलाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिको निवर्तमान अध्यक्षमा सोनी श्रेष्ठ, उपाध्यक्षमा मञ्जु राजभण्डारी, सचिवमा संगम भारी र कोषाध्यक्षमा सहनशिला शाक्य चयन भएका छन्।

सदस्यहरूमा कल्पना राजभण्डारी, निर्मला बडगामी, सृजना हाडा, सरजला राजभण्डारी, बबिना जोशी, चाँदनी राजभण्डारी र सोशिल शाक्य रहेका छन्। नवगठित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

भेलामा समाजका सचिव मञ्जु राजभण्डारीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष संगम भारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका सल्लाहकार उर्मिला श्रेष्ठ र ज्ञानु श्रेष्ठ तथा पूर्वअध्यक्षहरू रसुमिला श्रेष्ठ, विश्वकुमारी श्रेष्ठ, शोभालक्ष्मी शाक्य र निर्मला श्रेष्ठलाई सम्मान गरिएको थियो। साथै कार्यसमितिका सदस्यहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा. स्वयं प्रकाश श्रेष्ठ तथा पूर्वअध्यक्ष रसुमिला श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

निवर्तमान अध्यक्ष सोनी श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सल्लाहकार, पूर्वअध्यक्ष, कार्यसमिति तथा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

सोनी श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष मन्दिरा श्रेष्ठको स्वागत मन्तव्य तथा सचिव मञ्जु राजभण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

चमेली शाक्यको नेतृत्वमा २०६४ सालमा महिला समूह स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung