७ असार २०८३, आईतवार

 

महिला उद्यमी विकास समितिको अध्यक्षमा पिङ्गला जिसी, महासचिवमा रम्भा देवी शाक्य 

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी विकास समितिको २२औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट पिङ्गला जिसी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी छन्।

नवगठित कार्यसमितिको निर्वतमान अध्यक्षमा अर्चना पालिखे, प्रथम उपाध्यक्षमा जुनु श्रेष्ठ , वाणिज्य उपाध्यक्षमा विष्णु कुमारी शर्मा, महासचिवमा रम्भा देवी शाक्य, सचिवमा शोभा शर्मा, सहसचिवमा मेनुका शाक्य र कोषाध्यक्षमा सरिता पौडेल, सहकोषाध्यक्षमा यमुना रेग्मी चयन भएका छन्।

साथै सदस्यहरुमा मिला राजभण्डारी, लक्ष्मी घर्ती श्रेष्ठ, सुनयना राजभण्डारी, नारायण देवी राजभण्डारी, गिता देवी शर्मा, साधना राजभण्डारी, सिता देवी दाहाल, इन्दु वझा, विमला कुमारी मल्ल, धन कुमारी सुनार, गिता खड्का, आमन्त्रित सदस्यमा गण देवी श्रेष्ठ, जाल्पा देवी शर्मा, विना जिसी रहेका छन् ।

साथै सल्लाहकारहरुमा मनमाया श्रेष्ठ, सम्झना शर्मा कँडेल, उषा पौडेल, निर्मला श्रेष्ठ, रेणु केसी हमाल, लक्ष्मी पौडेल खत्री पन्त र सिता राजभण्डारी रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा विभिन्न क्षेत्रका महिला उद्यमीहरूको सहभागितासहित नयाँ कार्यसमिति गठन गरिएको छ।

अधिवेशनले आगामी कार्यकालका लागि महिला उद्यमशीलताको विकास, व्यवसाय प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष जिसीले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार र उद्यमशील वातावरण निर्माणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung