२ जेष्ठ २०८१, बुधबार

 

रक्तश्राव नरोकिएपछि बडिगाडकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार

स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर समस्यामा परेकी एक महिलालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारलाई आज दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ ।
आइतबार बिहान सुत्केरी भएकी सुनारले जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् । शिशु जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनुपरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

दुवै शिशुको तौलसमेत औसतभन्दा निकै कम छ । गाउँपालिका अध्यक्षले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर हेलिकोप्टर झिकाएका हुन् । अपराह्न आएको हेलिकोप्टरले सुनारलाई गण्डकी अस्पताल पोखरामा पु¥याएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्