२ जेष्ठ २०८१, बुधबार

 

आत्मनिर्भर हुन अचार बनाउने तालिम

बलेवा एकता बचत तथा ॠण सहकारी संस्थाले महिला शेयर सदस्यका लागि अचार बनाउने तालिमको आयोजना गरेको छ । बागलुङ नगरपालिका –१४ नारायणस्थानका महिलाहरुलाई व्यवसायिक तथा आत्मनिर्भर बनाउनका निम्ती तालिमको आयोजना गरिएको हो

संस्थाका महिला शेयर सदस्य प्रायः बिहान बेलुकी घाँस दाउरा गर्ने र दिनको समय त्यसै खेर फाल्ने भएकाले घरमा बसेका बेला समयको सदुपयोग गरी व्यवसायिक बन्नका लागि तालिमको आयोजना गरिएको संस्थाका प्रबन्धक भरत पौडेलले बताए ।

तालिमले सहभागी महिला शेयर सदस्यलाई निकै उपयागी हुने प्रशिक्षक ज्योत्सना शाक्यले बताए । तालिम पश्चात सहभागी महिलाहरुले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतारेर व्यवसायीक बन्न शाक्यले आग्रह गरे ।

कार्यक्रममा महिला शेयर सदस्य हरुको उल्लेख्य सहभागिता थियो । तालिम असोज २० देखि २७ सम्म सञ्चालन हुने छ ।
तालिमको शुभारम्भ गर्दै संस्थाका अध्यक्ष ईन्द«प्रसाद शर्माले महिला शेयर सदस्यहरुको लागि आउँदा दिनमा यस किसिमका थुप्रै तालिमको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरे ।

संस्थाको शेयर कुल पुँजी १,६७,५७,९५५ शेयर सदस्य संख्या १४१३ र विभिन्न कार्यक्रमहरुमा ११.२५,१४,६८१ लगानी छ ।

प्रतिक्रिया दिनुहोस्