५ जेष्ठ २०८१, शनिबार

 

सिवाईसी सहकारीले मनायो ११औं समृद्धि दिवस, गरिबी निवारणमा सहकारीको भूमिका महत्त्वपूर्ण छ : सांसद पाठक

बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्था लिमिटेड बागलुङले ३ दिवसिय कार्यक्रम गरी समृद्धि दिवस मनाएको छ ।
समृद्धि दिवसको अवसरमा विहिवार आयोजित मुल समारोहमा वोल्दै संघिय सांसद डाक्टर सूर्य पाठकले गाउँ गाउँमा गरिवि निवारण ,उत्पादन र रोजगारीको लागि सहकारीको भूमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

सांसद पाठकले जिल्लाको सवै स्थानीय तहलाई लक्षित गरी सिवाईसी सहकारीले संचालन गरेको वित्तिय र गैर वित्तिय कारोवार उल्लेखनिय रहेको बताउनु भयो ।

छरिएर रहेको पूँजीलाई एकिकृत गरी रोजगारीको अवसर सृजना गरी समाजमा पछाडी परेका व्यक्तिको जिवनलाई सहज बनाउन सिवाइसीको भूमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा पूर्वसल्लाहकार शकुन्तला शर्मा ,पूर्वउपाध्यक्ष हरि प्रसाद गौतम ,पूर्वलेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहसचिव सुवास आचार्य र संचालन सचिव जयराम भारीले गर्नु भएको थियो । कार्यक्रममा सहकारीको बारेमा प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी गराउनु भएको थियो ।

सो अवसरमा सिवाईसीले पूुर्वसंचालक तथा विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुलाई कदर पत्रले सम्मान गरेको छ ।
त्यस्तै बागलुङ नगरपालिका वडा नम्वर ४ कुँडुलेका अशिम सापकोटाले काठमाण्डौ युनिभर्सीटिमा एमविविएसमा स्कुलरसिपमा नाम निकाल्न सफल भएको भन्दै सम्मान समेत गरिएको थियो ।

त्यस्तै उत्कृष्ट कारोबार गर्ने जिल्लाका १ सय ७ जना सदस्यहरुलाई असल सदस्य परिचय पत्र ग्रिनकार्ड समेत वितरण गरेको छ । ग्रिन कार्ड पाउने सदस्यले ऋणमा अरु भन्दा १ प्रतिशत छुट तथा अन्य वित्तिय सेवामा विशेष सुविधा प्राप्त गर्ने सस्थाले जनाएको छ ।

११ औ समृद्धि दिवसको अवसरमा ८० वर्ष पार गेरेका जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारको लागि वार्षिक ५ हजार रकम प्रदान गर्ने सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले घोषणा गर्नु भयो ।

सहकारीले ६८ वर्ष उमेर पार गरेका एकल महिला र ७० वर्ष उमेर पार गरेका जेष्ठ नागरिक शेयर सदस्यलाई मासिक १ हजारको दरले १ सय ५० जना लाई पेन्सन वितरण गर्दै आएको छ ।

सहकारीले समृद्धि दिवसको अवसरमा जिल्लाका अन्य १० वटा सदस्य सेवा केन्द्रमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ ।
सहकारीले सदस्यहरुलाई छिटो, सरल, विश्वसनिय, उच्च स्तरिय सेवा दिने उदेश्यले आधुनिक प्रविधिमा आधारित वित्तिय सेवा संचालन गरिरहेको छ ।

सहकारीले यसअघि रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, एटीएम, क्युआरकोड, मिस्डकल बैंकिङ सेवा, ट्यालेट बैंकिङ सेवा प्रदान गर्दै आएकोमा ११ औ समृद्धि दिवसको अवसरमा वुधवार वाट ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ ।

ई–टेलरमार्फत ग्राहकले चेक प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग इन गरेर काउन्टरमा भएको क्यूआरकोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।

सहकारीले सुत्केरी पोषण सुविधा, ज्येष्ठ नागरिक पेन्सन सुविधा, एकल महिला पेन्सन सुविधा, चौरासी पूजा सुविधा, नयाँ बुहारी स्वागत कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, औषधी–उपचार सुविधा, दुर्घटना राहत सुविधा, प्राकृतिक प्रकोप राहत सुविधा, बिमा सुविधालगायत योजना ल्याएको सहकारीका कोषाध्यक्ष सिता सापकोटा कँडेलले वताउनु भयो ।

जिल्लाको ८० प्रतिशत घरधुरीलाई समेट्ने लक्ष्यका साथ अगाडि बढिरहेकाले सदस्यहरुका सुविधाका लागि सबै खाले प्रविधि र सेवा दिन तत्पर रहेको सस्थाले जनाएको छ ।

११ हजार ७ सय ७२ सेयर सदस्य, २२ करोड १ लाख ९३ हजार ५ सय सेयर पूँजी, १ अर्ब २७ करोड ९१ लाख ७६ हजार बचत रहेको छ संस्थाको ९१ करोड ८ लाख ३ हजार ८ सय ६१ रुपैयाँ लगानी गरेको छ ।

दायित्वरहित कोष ६ करोड ७३ लाख ४० हजार ४ सय ६१ रुपैयाँ रहेको सहकारीको कुल सम्पत्ति १ अर्ब ७१ करोड ६० लाख २८ हजार २ सय ४२ रुपैयाँ छ । सहकारीको मुख्य कार्यालयसहित जिल्लाका ११ स्थानका सेवा केन्द्रमा ६६ जना जनशक्ति कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्