
चाडबाडमा हुने भिडिलाई नियन्त्रण गर्न मोरङमा आजदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको छ ।कार्तिक १५ गते सम्मका लागि लागू हुने गरि साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
चाडपर्वमा गरिने पूजापाठ र बली कार्यमा संलग्न हुने भीडभाडलाई रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जनाकारी दिए । शुभकामना आदानप्रदान भन्दै विभिन्न राजनीतिक दलहरुले गर्ने कार्यक्रममा पनि रोकिएको छ ।
दशैंको चहलपहल बढेसँगै पछिल्ला दिनहरुमा जिल्लामा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ ।