३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ समाज कल्याण केन्द्र महिला समूह काठमाडौंले सार्वजनिक गर्‍याे प्रस्तावित कार्यक्रम

बागलुङ समाज कल्याण केन्द्र महिला समूह काठमाडौंले २०७८ सालमा गर्ने प्रस्तावित कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार समूहकी अध्यक्ष विजयालक्ष्मी राजभण्डारीको अध्यक्षतामा भएको पहिलो बैठकले नयाँ कार्याक्रम सार्वजनिक गरेको हो ।

महिला समूहले शैक्षिक कार्यक्रम अन्तर्गत बागलुङका विद्यार्थीहरुलाई खुट्टामा जुत्ता, रोटरी क्लबसँगको सहकार्यमा ‘ब्याक टु’ स्कुल, बागलुङ समाज कल्याण केन्द्र महिला समूह बागलुङसँगको सहकार्यमा महिलाहरुको शसक्तिकरण र आय आर्जन, नेपाल भाषा मंका खल बागलुङसँगको सहकार्यमा विपन्न नेवा विद्यार्थीहरुको शैक्षिक विकासका लागि काम गर्ने योजना सार्वजनिक गरेको छ ।

समूहले बागलुङको नेवार संस्कृतिको संरक्षण र उत्थान र नयाँ विश्व डटकमसँगको सहकार्यमा महिलाहरुको नेतृत्व विकास र क्षमता विकास सम्बन्धी कार्यक्रम गर्ने तय भएको महिला समूहकी सचिव मन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

वार्षिक कार्यक्रम व्यवस्थित र दिगो रुपमा सफल बनाउन समूहकी कोषाध्यक्ष केमिकल शाक्यको नेतृत्वमो वार्षिक आर्थिक कार्ययोजना बनाउन लागिएको छ ।

फागुन ८ गते काठमाडौंमा सम्पन्न अधिवेशनले विजयालक्ष्मी राजभण्डारीसहित ११ जनालाई कार्यसमिति चयन गरेको थियो । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको भातृ संस्थाको रुपमा २०६४ सालमा स्थापना भएको समूहले महिला उत्थान र शिक्षा, जनस्वास्थ्य एवम् सामाजिक र मानवीय सेवामा काम गर्दै आइरहेको उपाध्यक्ष सोनी श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्