५ जेष्ठ २०८१, शनिबार

 

आइतबार र बुधबार सहकारी खुल्ने

आइतबार बुधबार सहकारी खुल्ने भएको छ ।शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालन गरी सिमित कर्मचारी राखि संचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

आइतबार र बुधबार बिहान ७ देखि १० बजेसम्म सहकारी खुल्न पाउने छन् । यस अघि बसेको बैठकले आइतबार र बुधबार बैंक तथा वित्तिय संस्थाहरुलाई हप्तामा दुई दिन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्