६ जेष्ठ २०८१, आईतवार

 

आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने प्रमूख आधार कृषि हो : मन्त्री बुढा

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढा ‘सागर’ले राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन सामूहिक कृषि प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको गाजा इन्भेष्टमेन्ट ग्रुपको उद्घाटन गर्दै बुढाले यस्तो बताएका हुन् ।

आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने प्रमूख आधार कृषि, बन, पशुपालन र पर्यटनको क्षेत्र भएको बताउँदै यसका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण र अनुसन्धानमूलक बनाउनुपर्नेमा उनले जोड दिए ।

‘कृषि क्षेत्रलाई आधुनिकीकरण र अनुसन्धानका लागि लगानी बढाउनुपर्छ’ उनले भने, ‘सरकार आवश्यक सहयोग गर्न तत्पर छ ।’

सरकारले अर्थतन्त्रलाई बलियो बनाउन ग्रामीण सामूहिक कृषि प्रणालीको अवधारणा ल्याउन लागेको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा उत्पादित मकै, गहुँ, कोदो फापर जम्मा गरी उद्योग सञ्चालन गरिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य चन्द्र थापा, बागलुङ नगरकमिटीका संयोजक इन्द्र केसी, काठेखोला गाउँपालिका– का वडाध्यक्ष चित्रा श्रीषलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्