८ कार्तिक २०८३, शनिबार

 

महिला हिंसा विरुद्ध सहकारीकर्मी विच अन्तरक्रिया

महिला हित वचत तथा ऋण सहकारी र महिला हित संरक्षण समूहको संयुक्त आयोजनामा अन्तरक्रिया सम्पन्न भएको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सहकारीकर्मीहरु विच अन्तरक्रिया सम्पन्न भएको हो ।

घरबाटै सुरु गरौं,महिला हिंसा अत्य गरौं भन्ने मूल नाराका साथ सम्पन्न उक्त उक्त कार्याक्रममा ३५ जना सहकारीकर्मीहरुको उपस्थिति थियो ।उक्त कार्याक्रममा महिला हित संरक्षण समूहकी अध्यक्ष सन्तु खड्का, महिला हित सहकारीकी जेष्ठ सेयर सदस्य प्राणेश्वरि शाक्य,महिला

हित सहकारीकी सल्लाहकार लक्ष्मी जिसी कार्की, सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्मर जिसी,कालिका महिला विकास सहकारीकी अध्यक्ष पिङगला जिसी, महिला हित सहकारीकी अध्यक्ष लिला देवी खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

महिला हित सहकारीकी अध्यक्ष लिला देवी खड्काको अध्यक्षतामा भएको कार्याक्रममा स्वागत सहकारीकी उपाध्यक्ष लक्ष्मी जिसी केसीले र संचालन सचिव सावित्री केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung