ग्रान्ड कोअपरेटिभ सर्भीसेस लिमिटेडको दोर्सो वार्षिक साधारण सभा शनिबार बागलुङमा सम्पन्न भएको छ ।
सधारण सभाको उद्घाटन गर्दै सहकारीका जेष्ठ सदस्य तथा समाजसेवी वेदप्रसाद शर्माले सहकारी संचालनका लागि सहकारी ऐन तथा नियमको पालनका साथै सहकारीका सात सिधाान्त अनुरुप अगाडि बढ्नु पर्ने जोड दिए ।
कार्यक्रममा शेयर सदस्य तथा कानुनी सल्लाहकार लक्ष्मी जीसीलगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता सुबास सापकोटा तथा उत्कृष्ट ऋणि चन्द्रकलि बिक सम्मानित भएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष बिना कार्कीको अध्यक्षता, उपाध्यक्ष दिपेन्द्र बहादुर घिमिरेको स्वागत र सचिव हरि शर्माको सन्चालनमा सम्पन्न भएको थीयो।



















































































































































































































