१७ बैशाख २०८१, सोमबार

 

प्याव्सन बागलुङको १४ औ जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा थापा चयन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याव्सन बागलुङको १४ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दलबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कुमार गुरुङ,सचिवमा कृष्ण प्रसाद कँडेल,सह-सचिवमा श्याम प्रसाद शर्मा,कोषाध्यक्षमा याम श्रीष,सह-कोषाध्यक्षमा दिपक कुँवर चयन भएका छन् ।

अधिवेशनले हेम शर्माको संयोजकत्वमा लेखा समिति र संस्थापक अध्यक्ष महेशचन्द्र प्रधानको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।  अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्याव्सनका केन्द्रीय सदस्य विजयराज पन्तले निजि तथा आवासीय विद्यालयले शिक्षा क्षेत्रमा लगानी गरेर राष्ट्रको भार कम गरेर विदेश पलायन हुने जनशक्ती र पूँजी स्वदेशमै सदुपयोग गर्ने वातावरण सिर्जन गरेको बताए ।

कार्यक्रममा प्याव्सन बागलुङका संस्थापक अध्यक्ष महेशचन्द्र प्रधान,गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष नबराज श्रेष्ठ,सल्लाहकार रामप्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा प्याव्सनका जिल्ला सचिव गणेश प्रसाद शर्माले सस्थाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार गुरुङले आर्थिक प्रतिवेदश प्रस्तुत गरेका थिए ।कार्यक्रम सस्थाका अध्यक्ष रवि प्रसाद शर्माको अध्यक्षता उपाध्यक्ष दल थापाको स्वागत र सचिव गणेश प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्