१७ बैशाख २०८१, सोमबार

 

विद्यामन्दिर माविको विद्यार्थीलाई न्यानो कपडा वितरण

विद्यामन्दिर माध्यमिक विघालयका विघार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।आज विहीबार बालविकासदेखि कक्षा ५ का १ सय ६० जना विघार्थीहरूलाई सुइटर,टोपि,जुत्ता र मोजा वितरण गरिएको हो ।

१ लाख ६० हजार बराबरको न्यानो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले नयाँ विश्वलाई जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बालबालिकालाई जाडोमा सहज ढंगले पढ्न सजिलो होस भनि सहयोगदाताको सहयोगमा न्यानो कपडा वितरण गरिएको बताए ।

कक्षा ६ देखि १० सम्मका विघार्थीहरूलाई पनि न्यानो कपडा वितरणको कार्यक्रम केहि दिन हुने अध्यक्ष शाक्यले भने ।

न्यानो कपडाको लागि बागलुङ समाज कल्याण केन्द्र,काठमाडौ,बागलुङ समाज कल्याण केन्द्र महिला समूह,काठमाडौले र समाजसेवी तथा पूर्वविघार्थी सुकुन्द प्रधानले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ ,बागलुङ समाज कल्याण केन्द्र महिला समूह काठमाडौंकी अध्यक्ष विजया राजभण्डारी,बागलुङ महिला समाज कल्याण केन्द्रकी सचिव जुनु श्रेष्ठ र विघामन्दिर माध्यमिक विघालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले मन्तव्य व्यक्त गरेका थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य मुकेशचन्द राजभण्डारीको स्वागत र संचालन विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकालले गरेका थिए ।

बाबुलाल शाक्यको नेतृत्वमा गठन भएको विद्यालय व्यवस्थापन समितिले विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि अल्पकालिन र दिर्धकालिन कार्याक्रम ल्याएर विद्यालयको पठन पाठनमा सुधार र नतिजामुखी शैक्षिक कार्याक्रम लागु गर्न लागेको छ ।

विसं १९९७ सालमा ओम प्रसाद गौचन र मेघ कुमार वैध र उनको समकालिन साथीहरुले विद्यामन्दिर माध्यामिक विद्यालय स्थापना गरेका थिए ।

विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १३ सय ३५ जना विद्यार्थीहरु अध्ययरत छन् भने शिक्षक र कर्मचारी ५१ जना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्