१६ बैशाख २०८१, आईतवार

 

शिक्षकमाथि हातपात गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी कुवेर जेठारालाई रत्न राज्यलक्ष्मी क्याम्पस प्रशासनले निष्कासन गरेको छ। क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै जेठारालाई निष्कासन गरेको जानकारी दिएका हुन्।

प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थीविरुद्ध कानुनी कारबाही पनि अगाडि बढिसकेको विज्ञप्तिमा उल्लेख छ। गत मंगलवार क्याम्पसमा स्नातक तह प्रथम वर्ष (२०७७ समूह) को आन्तरिक परीक्षा चलिरहेका समयमा सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत परीक्षासँग असम्बन्धित विद्यार्थी कुवेर जेठाराले परीक्षाहलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि आक्रमण गरेको क्याम्पस प्रशासनले जनाएको छ।

शिक्षक प्रकाश पुडासैनीको टाउकोमा गम्भीर चोट लागेको र सात वटा टाँका लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्