३ जेष्ठ २०८१, बिहीबार

 

१३ हजार पदका लागि बुधबार विज्ञापन

शिक्षक सेवा आयोगले बुधबार प्राथमिक तहको तृतीय श्रेणीमा खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन खोल्ने भएको छ । आयोग स्रोतका अनुसार आयोगले उक्त निर्णय गरिसकेकाले विज्ञापन बुधबार गोरखापत्रमा र आयोगको वेबसाइटबाट सार्वजनिक गरिने छ ।

इच्छुक उम्मेदवारले भोलिदेखि माघ १३ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ ।

विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र १९ गते सञ्चालन हुने जनाइएको छ । परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको छ ।

आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४७ र निम्न माध्यामिक तहका लागि दुई हजार पाँच सय ९८ पदका लागि यस अघि नै विज्ञापन खुला गरिसकेको छ । त्यसैगरी आयोगले आन्तरिक तर्फको बढुवाको विज्ञापन पनि यसै महिनाको अन्तिम सम्ममा गर्ने तयारी गरिरहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्