बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीको गलकोट सदस्य सेवा केन्द्र हटियामा बिहिवार राति चोरी भएको छ । राती १ बजेको समयमा सहकारीको कार्यलय रहेको झ्याल तोडेर भित्र सेफमा रहेको ६ लाख ४१ हजार १ सय ५० नगद चोरी भएको हो ।
सेफमा रहेको रकम र काउन्टरमा रहेको १३ हजार ६ सय रकम चोरी भएको छ । झ्लको ग्रिल निकालेर भित्र कोठामा रहेको सेफ पनि फुटाएको अवस्थामा फेला परेको छ ।
सहकारीमा चोरी भएको बारे शुक्रवार बिहान साढे नौ बजे मात्र थाहा भएको सेवा केन्द प्रमुख रिमा भण्डारीले बताइन । घटना लगत्तै प्रहरीले अनुसन्धान थालेको छ । जिल्लाबाट गएको प्रहरी टोलीले आवश्यक अनुसन्धान थालेको छ ।
सहकारीको आडमा रहेको एक पसलको सिसिटिभी फुटेजमा राती १ बजे ३ जनाको टोली देखिएको तर पहिचान हुन नसकेको बताइएको छ ।
यस अघि पनि ंअक्षेतेमा कार्तिक २५ गते राती ३ लाख ७० हजार ४ सय ३५ रुपैया चोरी भएको थियो भने बिहँु र मालिकामा पनि चोरीको प्रयास भएको थियो ।



















































































































































































































