२३ बैशाख २०८१, आईतवार

 

एमाले पूर्वसांसद रायमाझीसहित ६७ जना एकीकृत समाजवादीमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गरेका छन् ।

रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ्चालन गरेकाले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको रायमाझीले बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले बताए । एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्