आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभा तथा चौथो अधिवेशनलेले सहकारीको अध्यक्षमा पुनः श्रीजय श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
यस्तै उपाध्यक्षमा सुन्दर श्रेष्ठ, सचिवमा निलेश राजभण्डारी, कोषाध्यक्षमा जय राजभण्डारी, सह–सचिवमा पार्वती थापा क्षेत्री र सदस्यमा उमेश केसी,रामप्रसाद गौतम,जोन बज्राचार्य,कविता बस्नेत,दिवाकर शाक्य,आशिक राजभण्डारी,राजेश भारी र दुर्गाबहादुर क्षेत्रीलाई चयन गरेका छन् । साधारणसभाले लेखा समिति पनि गठन गरेको छ ।
सुजन श्रेष्ठको संयोजकत्वकमा तीन सदस्य समिति गठन भएको हो । दिर्घायु नारायण भारी र ओम प्रसाद गौतम सदस्य रहेका निर्वाचन अधिकृत सुरेश प्रसाद श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिए ।
सहकारी शहर र गाउँमा रहेका विपन्न र बेरोजगार नागरिकहरुलाई सहकारी अभियानमा सहभागी गराएर उनीहरुको आर्थिक तथा सामाजिक जीवनमा परिर्वतनका लागि केन्द्रीत हुने नवनिर्वाचित अध्यक्ष श्रीजय श्रेष्ठले बताए ।हामीले हाम्रो शेयर सदस्यहरुलाई अझ अत्याधुनिक प्रभावकारी सेवा दिन लागेका छौं ।
शेयर सदस्यको दिगो आर्थिक विकास र उनीहरुको शसक्तिकरणमा आस्था सहकारी सधै क्रियाशील हुने उनको भनाइ छ।श्रेष्ठको नेतृत्वमा आस्था सहकारीले प्रभावकारी आर्थिक विकास गरेको छ ।
साधारणसभामा सचिव निलेश राजभण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जय राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
विसं २०६८ सालमा आस्था बचत तथा ऋण सहकारी दर्ता भएको थियो ।सहकारीको हाल एक सय ४९ जना शेयर सदस्य रहेका छन् भने ७ जना युवाहरुलाई रोजगारी दिएको छ ।





















































































































































































































