७ कार्तिक २०८३, शुक्रबार

 

शुभलाभ सहकारीको १४ औ साधारण सभा सम्पन्न, अध्यक्षमा मलेपती चयन

बचतमा बृद्वि जीवनमा समृद्धि भन्ने नारासाथ स्थापना भएको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिट १४ औ साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभामा एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी ,सहकारीका सल्लाहकार सुरेन्द्र जंङ्ग राजभण्डारी ,सहकारीका पूर्व अध्यक्ष ईश्वर लाल बज्राचार्य ,जेष्ठ शेयर सदस्य ठाकुर जंग राजभण्डारी लगायतका बक्ताहरूले सहकारीले गाउँ गाउँमा गरिव तथा विपन्न वर्गका शेयर सदस्यकोआर्थिक समृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएपनि त्यो भूमिका अझै बढाएर लग्न सकेमात्र समाजमा रहेको गरिवि हटाउन सकिने धारणा राखेका थिए ।

सहकारीले आर्थिक वर्ष २०७७र०७८ मा गरेको प्रगति प्रतिवेदन सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठ ,आर्थिक प्रतिवेदन कोषाध्यक्ष दुर्वलकाजी राजभण्डारी र लेखा समितिको प्रतिवेदन संयोजक लिलाम्बर बज्राचार्यले प्रस्तुत गरेका थिए ।

२०६४ सालमा स्थापना भएको सहकारीमा ७५ जना शेयर सदस्य १ करोड १५ लाख ८४ हजार ४ सय शेयर पूँजी रहेको छ ।आर्थिक वर्ष २०७७र०७८ मा २५ करोड १५ लाख ५० हजार ८ सय ४० बचत संकलन गरेको सहकारीले ९ करोड ६४ लाख ३० हजार १८ रूपैयाँ ऋण लगानी गरेको जानकारी प्रवन्धक उत्तम प्रसाद श्रेष्ठले जानकारी दिए ।

साधारण सभामा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ शेयर सदस्य ठाकुर जंग राजभण्डारी, वेदविकल शाक्य ,चमेली शाक्यलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष ईश्वर मलेपतीको अध्यक्षतामा भएको साधारणसभामा स्वागत मन्तब्य सहकारीका उपाध्यक्ष रघुराम भारी र सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

साधारण सभाले ईश्वर मलेपतीको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ । सहकारीको उपाध्यक्षमा दुर्वल काजी राजभण्डारी ,सचिवमा हिमालय प्रकाश श्रेष्ठ ,सहसचिवमा मछिन्द्र प्रसाद शाक्य ,कोषाध्यक्षमा रघुराम भारी चयन भएका छन् ।

सदस्यहरूमा रन्जित प्रसाद श्रेष्ठ ,मधुसूदन राजभण्डारी ,रत्न कुमारी खड्का ,मनमाया श्रेष्ठ ,उत्तम प्रसाद श्रेष्ठ ,विनय शाक्य ,लिलम्वर बज्राचार्य र तारनप्रसाद श्रेष्ठ निर्वाचित भएको भएको निर्वाचन अधिकृत गोविन्द प्रसाद वझाले जानकारी दिए । लेखा सुपरिवेक्षण समितिको संयोजकमा दीपक ज्योती श्रेष्ठ र सदस्यमा भीमसेन प्रसाद शाक्य तथा दीपरत्न श्रेष्ठ चयन भएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung