२ जेष्ठ २०८१, बुधबार

 

गण्डकी विश्व विद्यालयद्वारा संचालित सेवाहरुको बारेमा बागलुङका शिक्षासेवीहरुसँग छलफल

गण्डकी विश्व विद्यालय र शिक्षाविद् बीच अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । स्नातक तहमा २ वटा कार्यक्रम सहित आफ्नो सेवा सुरुगरेको विश्व बिद्यालयले बागलुङमा रहेका शिक्षा क्षेत्रमा संलग्न व्याक्तिहरु विचमा छलफल सम्पन्न भएको हो ।

सन् २०१९ मा गण्डकी प्रदेशको पुर्ण स्वामित्वमा स्थापना भएको विश्व विद्यालयले हाल स्नातक तहमा सूचना प्रविधि र खेलकुद व्यवस्थापन संकाय सञ्चालन गरिरहेको जानकारी गराइएको थियो ।विश्व विद्यालयका प्राध्यापक सरोज गिरि र मधुसूदन सुवेदीद्वारा सूचना प्रविधि र खेलकुद व्यवस्थापन कार्यक्रमको बारेमा जानकारी गराएका थियो ।

विश्व विद्यालयले हाल २ संकायमा ४० र ४० जनाको कोटामा प्रवेश परीक्षाकोको आवेदन यहि माघ २६ सम्म दिन सकिने र परीक्षा २९ गते सञ्चालन गरिने इन्जिनियर अनुप अधिकारीले बताए ।बागलुङ जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक एवं शिक्षा क्षेत्रका संलग्न व्यक्तिहरु गरी २२ जना बीचमा गरिएको अन्तरक्रियामा सहभागिहरुले विश्व विद्यालयद्वारा सञ्चालित कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिय ।

एक प्रदेश एक विश्व विद्यालय अवधारणा अन्तर्गत गण्डकी प्रदेशको पुर्ण स्वस्मित्वमा स्थापित बिद्यालयमा अन्य संकायको सञ्चालनका लागि पाठ्यक्रम तयारका लागि गृयकार्य गरिरहेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्