२ जेष्ठ २०८१, बुधबार

 

शिक्षासेवी श्रेष्ठको निधन

शिक्षासेवी सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ को उपचारक्रममा निधन भएको छ । ८० वर्षीय श्रेष्ठको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा बुधवार निधन भएको हो ।श्रेष्ठको लामो समयदेखि उपचार भइ रहेको थियो । श्रेष्ठ धौलागिरि अंचलकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वशिक्षक तथा संस्कृतिकर्मी थिए ।

उनले लामो समय विद्यालयमा स्वास्थ्य विषय पढाएका थिए । ‘मिलन’ उपनामले परिचित श्रेष्ठमा चित्रकला,नाटक र रोपाइ नाचमा विशेष दखल थियो । श्रेष्ठले बास्सा नाचका कलाकारहरुलाई सृंगार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।विद्यामन्दिर माध्यामिक विद्यालयबाट विसं २०१६ सालमा पाल्पाबाट एसएलसि दिने श्रेष्ठ पहिलो पुस्ताका विद्यार्थी थिए ।

श्रेष्ठले विद्यामन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको लागि १३ लाख ५० हजार प्रदान गरी एउटा सुविधा सम्पन्न कोठा निर्माण गर्नुको साथै विज्ञान प्रयोगशाला बनाउनको लागि ३ लाख रुपैयाँ प्रदान गर्नु भएको विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकालले जानकारी दिए ।विसं १०१८ सालदेखि उनले विद्यामन्दिर माविमा पढाउन सुरु गरेका थिए ।उनको आजै बागलुङको निरेघाटमा अन्त्येष्टि गरिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्