८ कार्तिक २०८३, शनिबार

 

लेखा व्यवस्थापन तालिमले सहकारीको कर्मचारीको क्षमतामा वृद्धि हुन्छ : मेयर श्रेष्ठ

सहकारीका कर्मचारीहरुलाई प्रदान गरिएको लेखा व्यवस्थापन संम्बन्धी तालिम सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा भएको दुई दिने तालिमको बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटाले संयुक्त रुपमा सुभारम्भ गर्नु भएको थियो ।

सहकारीका कर्मचारीहरुलाई लेखा व्यवस्थापन संम्बन्धी तालिमले उनीहरुको वित्तीय ज्ञानमा वृद्धि हुने र सहकारीले दिने सेवा पनि प्रभावकारी हुने बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बताए । बागलुङ नगरको आर्थिक बजारलाई चलायमान गराउन र शेयर सदस्यहरुको आर्थिक भविष्य बलियो बनाउन सहकारीको कर्मचारीको ठूलो भूमिका भएको मेयर श्रेष्ठले बताए ।

तालिममा ३७  जना सहभागि रहेको नगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख प्रेम शर्माले नयाँ विश्वलाई बताए । कार्यक्रमलाई जिल्ला सहकारी संघको अध्यक्ष हुमा कुमारी जिसी, बागलुङ दुग्घ उत्पादक सहकारी संघको अध्यक्ष दिपक गौतम, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन बागलुङ नगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख प्रेम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung