२१ बैशाख २०८१, शुक्रबार

 

ग्राहकको रोजाइमा ‘अर्गानिक भण्डार’ को सामान

काठमाडौँ । पहाड, तराई र हिमाली भेगका अर्गानिक सामान बिक्री वितरण गर्ने उद्देश्यले महाराजगञ्जको चुनदेवी मन्दिर अगाडि ‘अर्गानिक भण्डार’ सञ्चालनमा आएको छ । अर्गानिक उत्पादन रुचाउने उपत्यकाबासीलाई लक्ष्य गरी अर्गानिक भण्डार सञ्चालनका ल्याइएको सञ्चालक सुवाशचन्द्र राजभण्डारीले बताउनुभयो ।

काठमाडौँ र बागलुङ बजारबाट स्वदेशी अर्गानिक खाद्य वस्तुको उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने मुख्य उद्देश्यले भण्डार खोलिएको उहाँको भनाइ छ । अर्गानिक सामानले पर्यावरणको संरक्षण र मानव स्वास्थ्यको हितमा काम गर्ने भएकोले ग्राहकले खोजीखोजी किन्छन् ।

“सुदुर गाउँका उत्पादनहरुलाई सस्तो र गुणस्तरीय र सजिलै किनबेचका लागि अर्गानिक भण्डारको परिकल्पना गरिएको हो” सञ्चालक राजभण्डारीले भन्नुभयो । सचेत ग्राहक, बिरामी, दीर्घरोगीहरु र पर्यटकहरुले अर्गानिक सामान धेरै खरीद गरिरहेको उहाँको भनाइ छ ।

अर्गानिक भण्डारका सामानहरुको अर्डर अनलाइन मार्केटद्वारा सञ्चालित दराज अनलाइनबाट समेत खरीद गर्न सकिने भण्डारका सञ्चालक मेघा राजभण्डारीले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका बाहिर वीरगञ्ज, विराटनगर, बुटवल, नेपालगञ्ज, भरतपुर, पोखरालगायतका सहरबाट सामानको अर्डर आइरहेको उहाँले बताउनुभयो ।

काठमाडौंँ उपत्यकाभित्र टाढा टाढासम्म सामान डेलभरी गर्न न्युनतम ५ हजार हजार बराबरको अर्डन गर्नुपर्ने जनाइएको छ । अहिले ग्राहकहरुले पसल र अनलाइनबाट अर्डर गरी सामान खरीद गरिरहेका छन् ।

उपभोक्तालाई स्वस्थ्यकर सामान बिक्री गर्ने उद्देश्यले भण्डारले बागलुङ बजारबाट ३ वर्षदेखि र काठमाडौंबाट गत वर्षदेखि अर्गानिक सामानहरु बिक्री वितरण गर्दै आएको छ । अहिले अर्गानिक भण्डारमा केराउ, कालोसेतो भतमास, ध्यु, लसुन, आलु, झिलिङेमसाङ, सातु मिक्स,जौको सातु, मकैको सातु, मकैको च्याख्ला, मकै, गहुँ, शुद्ध तोरीको तेल, भाँगोको तेल, आलुको मस्यौरा, मासको मस्यौरा, मुगिको मस्यौरा र आलुको मस्यौरा उपलब्ध छ ।

यस्तै मुलाको धजरा, लोकल आलुको चिप्स, ताराखोलाको लोकल सिन्की, गुद्रुक, फाफरको पिठो, कोदो, गहुँ, मकै, चामल,डोको, डालो, कुचो, मुढा, नाङ्लो, चामल जेठा बुढा, गहुँगोरा चामल, ब्राउन राइस, लोकल बेसार, सिङका मरी, मुस्ताङको जिम्मु, टिम्मुरको छोप, डल्ले खुर्सानी, रातो खुर्सानी, टिम्मुर, सिलाम, केराउको दाल, मासको दाल, सिमिको दाल, भाँगोलगायतका अर्गानिक उत्पादन बिक्रीमा राखिएको सञ्चालक राजभण्डारीले जानकारी दिनुभयो ।

विशेष गरी ताराखोलाको आलु, लसुन, सिन्की, घियू, केराउ, मुलाको धजरा, कालो, खैरो, सेतो भटमास, सिरम्ला मकैलाई ग्राहकले धेरै रुचाएका छन् । महालक्ष्मी कुटानी पिसानी तेल मिलले उत्पादन गरेको शुद्ध तोरीको तेल पनि धेरै उपभोक्ताको रोजाइमा परेको छ ।

खाना पकाउन, सुत्केरी र नवजात शिशुलाई तेल मालिस गर्न, हाडजोर्नीका बिरामीहरुले शुद्ध तोरीको तेल खरीद गरिहेका छन् । कृषकले राम्रो मूल्य र सुरक्षित बजार पाउने, उपभोक्ताले गुणस्तरीय सामान निःशुल्क एक फोनका भरमा डेलिभरी हुने, पसलबाट किन्न सकिने, गाउँमा थप रोजगारी सृजना हुने, कृषकले थप उत्पादन गर्ने हुनाले यसबाट सबैलाई फाइदा भएको भण्डारका अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

अर्गानिक सामान विदेशी पर्यटकहरुले पनि खरीद गर्ने गरेका छन् । स्थानीय सरकार र सबै सरोकारवालाहरुले यस विषयमा ध्यान दिने र सहयोग गर्ने हो भने यसले गाउँ आर्थिक रुपमा विकसित हुने र युवाहरु गाउँमै बस्ने वातावरण सृजना हुने अध्यक्ष राजभण्डारीले उल्लेख गर्नुभयो ।

भण्डारले नेपालका दूरदराजमा उत्पादन हुने अर्गानिक उत्पादनलाई सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी मार्सी र जेठा बुढा चामल, मुलाको धजरा, खुर्सानीको धुलो, बेसार, भाँगोको तेल, आलुको चिप्स, टिम्मुरको धुलो बजारमा ल्याएको छ ।

“ग्राहकले सुपथ मूल्यमा सहज ढंगले पाउने गरी थप नयाँ नयाँ अर्गानिक सामानहरु उपलब्ध गराउने योजनामा छौँ, ग्राहकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको छ” अध्यक्ष राजभण्डारीले भन्नुभयो ।

अर्गानिक भण्डार
सम्पर्क

प्रो सुवाशचन्द्र राजभण्डारी

प्रो मेघा राजभण्डारी

काठमाडौं, महाराजगंज, चुनदेवीको मन्दिर अगाडि
होम डेलिभरीको सुविधा
सम्पर्क ९८६३४७३७४२, ९८५७६२००७८, ९८४७६६९३०४,०१४७२१२२०
दराज अनलाइनबाट पनि खरीद गर्न सकिने
बागलृुङ बजार, मिलिजुलि टोल
महालक्ष्मी कुटानी पिसानी तेल मिल, बागलुङ बजार

प्रतिक्रिया दिनुहोस्