८ कार्तिक २०८३, शनिबार

 

महिला हित सहकारीको २१ औं वार्षिक साधारण सभा सम्पन्न

महिला हित बचत तथा ऋण सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बुधबार सहकारीको साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले संस्थाका सचिव सावित्री के सीको आर्थिक वर्ष २०७८, ०७९ को प्रगती तथा चालु आर्थिक वर्ष २०७९,०८० को प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष पम्फा किसानको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।सभाले सहकारीको कार्यक्षेत्र विस्तार लगाएतका प्रस्ताव समेत पारित भएको छ ।

कार्यक्रममा महिला हित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष लिला देवी के सी खड्का, सल्लाहकार खडक कुमारी खड्का, लक्ष्मी बास्कोटा, मन कुमारी केसी, पुर्वसल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ, जिल्ला सहकारी संघका उपाध्यक्ष पिङ्गला जि सी, राष्ट्रिय सहकारी बैक बागलुङका प्रबन्धक युवराज त्रिपाठी, स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यससँगै ब्रह्मा कुमारी ईश्वरी विश्व विद्यालयबाट पाल्नु भएका रविन भाईजिले जिवनको महत्त्व साथै खुसीसाथ कसरी जीवन जिउने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट बचत तर्फ सरस्वती राजभण्डारी, रेनु के सी, मनु के सी खड्का, विद्याता पौडेल, भुमिका खड्का, उत्कृष्ट कारोबार तर्फ डिलमाया घर्ती , साहसी महिला तर्फ किचरी किसान, व्यावसायिक महिला तर्फ पार्वती थापा क्षेत्री र लक्ष्मी

किसान, श्रमिक महिला तर्फ माया किसान, कर्मचारीतर्फ सुरक्षागार्ड गंगा अधिकारी, रेमिटान्स कारोबार तर्फ दुर्गा खड्का, सामुदायिक विद्यालय तर्फ एलिना मल्ल, नीजि विद्यालय तर्फ नम्रता कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिला देवी के सी खड्काको अध्यक्षता, शेयर सदस्य कविता शाक्यको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्ष लक्ष्मी देवी केसीको स्वागत र सचिव सावित्री केसीको संचालन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung