८ कार्तिक २०८३, शनिबार

 

परमानन्द स्मृति बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न

काठेखोला गाउँपालिका वडा न ६ मा स्थापित परमानन्द स्मृति बहुउद्देश्यीय सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो सभाको उद्घाटन गर्दै काठेखोला गाउॅपालिकाका अध्यक्ष राजु थापाले सहकारीले सबैको समान आर्थिक विकासमा योगदान दिने बताउनु भयो । अध्यक्ष थापाले गाउॅपालिकाले आवश्यक कानुन समेत निर्माण गर्न लागेकाले सहकारीहरुका लागि आवश्यक नीति बनाउनु भन्ने बारेमा सहकारीकर्मीहरुले सुझाव दिन अपिल गर्नु भयो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव कृष्ण प्रसाद कँडेलले र आर्थिक प्रतिवेदन संस्थाका सहसचिव खगराज कँडेलले प्रस्तुत गरेका थिए । ०७८ र ०७९मा अन्त्यसम्म सहकारीको कुल पुँजी ६करोड २०,लाख २९ हजार ७ सय रहेको साथै सॅस्थाको कुल मुनाफा रु ५५ लाख ८० हजार १ सय ३९ रुपैयाँ रहेको छ ।

कार्यक्रममा वडा ६ वडा अध्यक्ष बृहस्पति कँडेल वडा ५ का अध्यक्ष ज्ञामनाथ कँडेल ,लेखा मितिका संयोजक नारायण प्रसाद कँडेल ,गाजा सहकारी संचालक समिति सदस्य भुवानी कँडेल सेयर सदस्यहरुको तर्फ बाट राधा शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम परमानन्द स्मृति बहुउद्देश्यीय सहकारीका अध्यक्ष डिल प्रसाद कँडेलको अध्यक्षता, स्वागत संस्थाका उपाध्यक्ष गौरिशॅकर शर्मा सुवेदिले र सचिव कृष्ण प्रसादको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung