८ कार्तिक २०८३, शनिबार

 

प्रत्यक्ष दृष्टि सहकारीको १२ औं साधारण सभा सम्पन्न

प्रत्यक्ष दृष्टि सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभा काठमाडौंको ठूलो भर्याङमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष हरिकृष्ण हरिकृष्ण उपाध्याले वार्षिक प्रगति प्रतिवेदन एवम् आगामी वर्षको वार्षिककार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।लेखा समितिको प्रतिवेदन समितिका संयोजक यज्ञ मान प्रधानले प्रस्तुत गर्नु भएको थियो ।

उपस्थित शेयर सदस्यहरुले प्रगति प्रतिवेदन, आगामी कार्यक्रम र लेखा प्रतिवेदनलाई एक मतले पारित गरेको थियो ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य भीम बहादुर श्रेष्ठ , नागरिक लगानी कोषका पूर्वप्रमुख ऋषि गौतम र प्रत्यक्ष दृष्टि नेपालका अध्यक्ष श्याम प्रसाद श्रेष्ठले संस्थाले प्रतिकूल अवस्थामा पनि प्रगति गरेको र यसको लागि सबै शेयर सदस्यहरुको बलियो साथ रहेको कुरा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम प्रत्यक्ष दृष्टि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकृष्ण उपाध्याको अध्यक्षता र संस्थाका सचिव किस्मत जंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको भएको थिए ।

२०६७ साल पुस २ गते स्थापित सहकारीको निक्षेप २३ करोड ८० लाख ९१ हजार ३ सय ३१ रुपैयाँ, सेयर पुँजी २ करोड ३८ लाख ४५ हजार ५ सय रुपैयाँ, लगानी २२ करोड ८७ लाख १९ हजार २ सय ६२ रुपैयाँ र सेयर सदस्य संख्या ४ सय ६३ जना रहेको संस्थाका सचिव किस्मत राजभण्डारीले नयाँ विश्वलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung