५ जेष्ठ २०८१, शनिबार

 

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलमा विपद् व्यवस्थापन बिषयक अन्तरक्रिया

बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना विपद् व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामाजिक र ब्यवहारिक बनाउने उदेश्यले विपद व्यवस्थापन बिषयक अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा कक्षा नौ का विद्यार्थी आईश्मा क्षेत्री,अंकिता शर्मा र अपेक्षा श्रेष्ठले विपद्, विपद्का प्रकार, विपदका कारण लगाएतका विषमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुस्मराज उपाध्यायले शिक्षण सिकाइका विषयमा अतिरिक्त क्रियाकलाप हुन आवश्य रहेको बताए ।

अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुले विषयवस्तु सहज रुपमा वुझ्ने बताए । उपाध्यायले विद्यालयमा गरिने नियमित पठनपाठनका क्रियाकलापको अलावा सिकाइसँग सम्बन्धित पठनपाठनलाई सहयोग पुग्ने गरी गरिने अतिरिक्त क्रियाकलापले विद्यार्थीले सहज रुपमा सिक्ने बताए ।

कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य तथा विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापती राजेन्द्र आचार्य, सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङका अध्यक्ष डिल्लीराज उपाध्याय,प्याप्सन बागलुङका अध्यक्ष दल थापा,

गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा लगायतका वक्ताहरूले विद्यार्थीलाई भबिस्यमा हुने बिपदबाट के कसरी बच्ने के कसरी यसलाई ब्यवस्थापन गरेर जोगाउन सकिन्छ भन्ने बारे विद्यार्थीले गरेको कार्यक्रम प्रभावकारी रहेको धारणा राखेका थिए ।

कार्यक्रम अंगिता शर्माको अध्यक्षता, अपेक्षा श्रेष्ठको स्वागत र आईश्मा क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

सामाजिक तथा व्यावहारिक विषय वस्तुका सूचनाहरू विभिन्न तरिकाबाट आदान–प्रदान गर्न तथा विद्यार्थीको सिकाइलाई स्थायी बनाउन सह–क्रियाकलापले महत्वपूण भूमिका खेल्ने भएकोले यस्तो खालको कार्यक्रम आयोजना गरिएको विद्यालयका सामाजिक शिक्षक जिवननाथ शर्माले बताए ।

पाठ्यपुस्तक परम्परागत रूपमा विद्यालयमा पढाउँदै आइरहेकोमा जसबाट पर्याप्त मात्रामा सह–क्रियाकलापका विधाहरूलाई समेट्न नसकिएकोले अवका दिनमा सिकाइलाई स्थायी बनाउन यस्ताखालका कार्यक्रम गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्