७ कार्तिक २०८३, शुक्रबार

 

बागलुङ नगरको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका छ : मेयर श्रेष्ठ

- शंखधर बहुमुखी सहकारीको २० औं साधारण सभा सम्पन्न

बागलुङको आर्थिक र सामाजिक विकासको लागि बागलुङ नगरपालिकाले वित्तिय संस्थाहरुसँग सहकार्य गर्ने बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बताउनु भयो । शनिबार बागलुङ बजारमा
सम्पन्न शंखधर बहुमुखी सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभामा मेयर श्रेष्ठले उक्त विचार व्यक्त गर्नु भएको थियो ।

बागलृुङ नगरको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका भएकाले सहकारीले विपन्न समुदायको उत्थान गर्न र बजारलाई चलायनमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले सबै शेयर सदस्यहरुलाई एकताबद्ध बनाएर सहकारीले नयाँ ढंगका साथ अगाडि बढ्न मेयर श्रेष्ठले आव्हान गर्नु भयो ।

कार्यक्रममा शंखधर बहुमुखी सहकारीका संरक्षक परशुराम श्रेष्ठ, शंखधर बहुमुखी सहकारीका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र नेपाल भाषा मंका खल बागलुङ अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रतन प्रसाद मलेपतीले आर्थिक वर्ष २०७९ / ०८० को लागि प्रस्तावित नीति तथा कार्यक्रम र वार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।संस्थाका सचिव युक्त जंग राजभण्डारीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका सचिव युक्त जंग राजभण्डारीले संस्थाको प्रगति प्रतिवेदन, संस्थाका कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन र संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक निरज शाक्यले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य, असल बचत कर्ता, असल ऋणी, असल कर्मचारीलाई सम्मान गरिएको थियो भने कक्षा १२ को परीक्षामा उत्तीर्ण गरेका शेयर सदस्यका छोराछोरीहरुलाइ पनि सम्मान गरिएको थियो ।

कार्यक्रम शंखधर बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष रतन प्रसाद मलेपतीको अध्यक्षता, संस्थाका उपाध्यक्ष सुरेश प्रसाद श्रेष्ठको स्वागत र संस्थाका सचिव युक्त जंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको भएको थिए ।

२०५८ सालमा ३६ जना शेयर सदस्यहरुले १ लाख ७२ हजार शेयर पुँजी संकलन गरी संचालनमा ल्याएको शंखधर बहुमुखी सहकारीको निक्षेप ७ करोड १६ लाख २ हजार ७ सय ४२ रुपैयाँ, शेयर पुँजी २ करोड १३ लाख २ हजार २ सय रुपैयाँ, लगानी ७ करोड ४२ लाख ५ हजार ४ सय १४ रुपैयाँ र शेयर सदस्य संख्या ५ सय १६ जना रहेको संस्थाका सचिव युक्त जंग राजभण्डारीले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung