बागलुङ / एकता सहकारी संस्था लिमिटेड बागलुङको २४ औं वार्षिक साधारण सभा बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अम्मरबहादुर थापाले गर्नुभएको थियो । थापाले सहकारीले वित्तिय कारोवारसँगै सामाजिक हितमा समेत काम गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक देबबहादुर श्रेष्ठ, विशिष्ट सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, सल्लाहकार प्रमिला राजभण्डारी, सल्लाहकार महेशचन्द्र प्रधान, कानूनी सल्लाहकार काजी गाउँले श्रेष्ठ,जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अम्मरबहादुर थापा र अध्यक्ष ध्रुब प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका सचिव महेन्द्र प्रसाद कँडेलबाट आव ०७८ र ७९ प्रगति प्रतिवेदन आवा ०७९ / ८०को प्रस्तावित कार्यक्रम र सस्थाका कोषाध्यक्ष पवनलाल राजभण्डारीबाट आव ०७८ / ७९को आर्थिक प्रतिवेदन आव ०७९/८०को अनुमानीत आय व्यय प्रस्तुत गरेका थिए ।
संस्थाले आ।व ०७८ र ७९ मा रु १ अर्ब ७४ करोड ७४ लाख ३६ हजार ९८७ को कारोबार, रु ४ करोड ७३ लाख ८८ हजार ९८७ आम्दानी, रु ३ करोड ३५ लाख २० हजार ३०१ खर्च गरेको छ भने खुद मुनाफा रु १ करोड ३८ लाख ६८ हजार ६८६ गर्न सफल भएको छ ।
संस्थाको कुल सम्पत्ति रु ४२ करोड ४९ लाख ४९ हजार ९०७ रहेको छ । संस्थाको रु ९ करोड ५९ लाख ८४ हजार ४०० कोष, रु ४ करोड १५ लाख ६३ हजार ७९५ बचत, रु २६ करोड ९८ लाख ६२ हजार ८९३ ऋण लगानी, रु २९ करोड ३७ लाख १० हजार २७० रहेको यस संस्थाले आगामी वर्ष रु अर्ब ९ करोड ८३ लाख ८८ हजार १५३ कारोवार गरी रु २ करोड ५२ लाख ७८ हजार ८८० नाफा गर्ने लक्ष्य लिएको संस्थाका प्रबन्धक दिपक जंग राजभण्डारीले बताउनुभयो ।
बागलुङ नगरपालिको वडा नं २ आवारोडमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचौर, काठेखोला गाउँपालिकाको रिजालचोक र गलकोट नगरपालिकाकोे हटिया बजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाको हाल एक हजार ५ सय ७९ शेयर सदस्सहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
संस्थाले जेष्ठ नागरिकहरुलाई चाडवाड खर्च, शेयर सदस्यहरुको नवजात शिशुको नाममा बाल शेयर खाता, शेयर सदस्य र शेयर सदस्यहरुको मृत्युमा राहत, शेयर सदस्यहरुको स्वास्थ्य बिमा, सामुहिक लगानी, उत्पादनशिल क्षेत्रमा लगानी जस्ता सदस्यमुखी कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ । साधारणसभाको अवसरमा संस्थाका असल कारोबार गर्ने १८ जना शेयर सदस्यकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम अध्यक्ष ध्रुबप्रसाद शर्माको अध्यक्षता, संचालक सदस्य सिर्जु राजभण्डारीको स्वागत र सहसचिव सुनिता पुरीको संचालनमा सम्पन्न भएको थियो ।






















































































































































































































