काठमाडौं / धवलागिरि बचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ४० लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
शनिबार काठमाडौंमा सम्पन्न २३ औं साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष युक्तप्रसाद शाक्यद्वारा प्रस्तुत आर्थिक वर्ष २०७ ८ / ७९ को वार्षिक प्रतिवेदन अनुसार सहकारीले कारोबारबाट १ करोड ४० लाख ११ हजार रुपैयाँ नाफा कमाएको हो ।
सहकारीले नाफाबाट आयकर बुझाउन १२ लाख ८१ हजार,, जगेडा कोषमा २८ लाख ६४ हजार , संरक्षित पुँजी फिर्ता कोषमा २१ लाख ४८ हजार ८ सय ६८ र सहकारी प्रबद्र्धन कोषमा ४३ हजार रुपैयाँ छुटाएको छ ।
सामुदायिक विकास कोषमा ५ प्रतिशत, सहकारी विकास कोषमा ५ प्रतिशत, सहकारी शिक्षा कोषमा ५ प्रतिशत, कर्मचारी उपदान कोषमा ५ प्रतिशत, घाटापूर्ति कोषमा ५ प्रतिशत, अन्य जोखिम व्यवस्था कोषमा ५ प्रतिशत र शेयर लाभांश कोषमा ७० प्रतिशत रकम छुट्याएको को अवस्थामा शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश पाउन गरी साधारणसभामा प्रस्तुत गरिएको धवलागिरि बचत तथा ऋण सहकारीका कार्यकारी प्रमुख राम कुमार राजभण्डारीले ले नयाँ विश्वलाई जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि धवलागिरि बचत तथा ऋण सहकारी पूर्वअध्यक्ष श्रवणलाल शाक्य, प्रदेश सांसद यमुना देवी श्रेष्ठ, धवलागिरी वचत तथा ऋण सहकारीका सल्लाहकार तथा आर्थिक सल्लाहकार उपसमितिका संयोजक पुष्पमान श्रेष्ठ, धौलाश्री बहुउद्देश्यीय सहकारीका अध्यक्ष यामबहादुर श्रेष्ठ, सदाबहार बचत तथा ऋण सहकारीका अध्यक्ष किस्मतमणि श्रेष्ठ,बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ र धवलागिरि बचत तथा ऋण सहकारीका युक्त प्रसाद शाक्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सभामा जेष्ठ शेयर सदस्यहरु श्रवणलाल शाक्य, हिक्मत गौचन, कोमल लाल श्रेष्ठ, सन्त लाल मुल्मी, प्रेम शेरचन, देव नारायण ढंगोल र प्रदेश सांसद यमुना देवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रम धवलागिरि वचत तथा ऋण सहकारी युक्त प्रसाद शाक्यको अध्यक्षता र संचालन सचिव शरद प्रधानले गर्नु भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७७ / ७८मा कुल शेयर पुँजी २ करोड ६९ लाख ८५ हजार भएकोमा आर्थिक वर्ष ०७८/०७९ मा ६.५७ प्रतिशतले वृद्धि भएको छ ।
संस्थाले निक्षप संकलन ३३ करोड ४ लाख र ३२ करोड ८६ लाख लगानी गरेको छ ।२०५६ माघ ३ गते २८ जना संस्थापन सेयर सदस्यहरुको सहभागितामा सहकारी दर्ता भएको थियो ।
काठमाडौं महानगरपालिका ११, सुन्धारा, दहमार्गमा कार्यालय रहेको सहकारीको संस्थापक अध्यक्ष शत्रुध्न श्रेष्ठले प्रारम्भिक समयमा नेतृत्व गरेका थिए । संस्थामा हाल ६ सय ६८ शेयर सदस्य छन । संस्थाको २ करोड ८७ लाख ५८ हजार रुपैयाँ शेयर पुँजी पुगेको छ भने ८ जना जनशक्ति रहेका छन् ।


























































































































































































































