बागलुङ । बचतमा वृद्धि जीवनमा समृद्धि भन्ने नारासहित स्थापना भएको शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १५ औं साधारणसभा सम्पन्न भएको छ ।
शनिबार बागलुङमा सम्पन्न सहकारीको साधारणसभाले आर्थिक वर्ष २०७९ / ८० को लागि नयाँ नीति तथा कार्यक्रम पारित गरेको छ ।
सहकारीलाई सहकार्यको भावना अनुसार चलाउदै जानुपर्छ भन्ने सहकारी नीति अनुसार आफूहरू अगाडि बढ्दै गएको कारणले यसहकारीले फाइदा गरेको र अहिले तरलता अभाव भएको बेलामा पनि सहकारीले शेयर सदस्यलाई सहकारीको रामो वित्तिीय व्यवस्थापन गरी ेराम्रो लाभांश दिन सफल भएको शुभलाभ बचत तथा ऋण सहकारीका अध्यक्ष इश्वर मलेपतीले बताउनु भयो ।
कार्यक्रममा शुभलाभ बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष इश्वर लाल बज्राचार्य एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी, शुभलाभ बचत तथा ऋण सहकारीका सहकारीका सल्लाहकार सुरेन्द्र जंङ्ग राजभण्डारी ,जेष्ठ शेयर सदस्य श्याम प्रसाद श्रेष्ठलेसहकारी शेयर सदस्यको भावना अनुसार अगाडि बढ्न सकेको खण्डमा सहकारीका शेयर सदस्यहरूको आर्थिक र समाजिक जिवनलाइ समृद्ध बनाउन मद्दत पुग्ने धारणा राखेका थिए ।
२०६४ सालमा बागलुङ सदरमुकामका २७ जना युवाहरूको सक्रियतामा स्थापना भएको यस सहकारीले २०७९ असार मसान्तसम्म १ करोड ३३ लाख ३९ हजार ९ सय शेयर पुँजी पुगेको सहकारीका सचिव हिमाल प्रकाश श्रेष्ठले जानकारी गराएका थिए ।अहिले सहकारीको शेयर सदस्य १ सय ६३ जना पुगेको छ ।
साधारणसभा सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठ प्रगति प्रतिवेदन र सहकारीका कोषाध्यक्ष रघुराम भारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सहकारीले आर्थिक वर्ष ०७८ / ८९ मा ५ करोड २६ लाख ४५ हजार ५ सय २७ रूपैयाँ ऋण लगानी र ४ करोड ३४ लाख २६ हजार ४ सय ३१ रूपैयाँ ऋण असुली गरेको प्रबन्धक उत्तम प्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।यस वर्ष सहकारीले आम्दानी १ करोड ७६ लाख ८१ हजार ३
सय ४४, खर्च १ करोड ५९ लाख ४ सय १४, खुद मुनाफा १७ लाख १६ हजार ९ सय ३० रुपैयाँ रहेको छ ।साथै सभामा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिउको थियो ।
सहकारीका जेष्ठ शेयर सदस्यहरु अग्नि कुमार श्रेष्ठ ,कृष्ण कुमार श्रेष्ठ ,राधाकुमारी श्रेष्ठ ,हरिकला खत्री ,श्याम प्रसाद श्रेष्ठ ,राममाया श्रेष्ठ ,बिष्णु कुमारी श्रेष्ठ ,धनकुमारी शर्मालाई प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।
सहकारीमा उत्कृष्ट कारोबार गर्ने रन्जित प्रसाद मलेपती,नारायण शर्मा, बिना कुमारी शर्मा ,सज्जन गौतम र सहकारीका कर्मचारी एलिना पुनलाई सम्मान गरिएको थियो ।
साधारणसभा शुभलाभ बचत तथा ऋण सहकारीका अध्यक्ष इश्वर प्रसाद मलेपतीको अध्यक्षता, सदस्य मनमाया श्रेष्ठको स्वागत र सचिव हिमालय प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।























































































































































































































