५ जेष्ठ २०८१, शनिबार

 

अंगदान र प्रत्यारोपण बारे बागलुङमा अन्तरक्रिया

बागलुङ / नेपालमा वर्षैनी ३ हजार जनाको मृगौला १ हजार जनाको कलेजो फेल हुने गरेको छ । अहिले अस्पतालमा मृगौला प्रत्यारोपण सजिलोसँग हुने गरेपनि मृगौला प्रत्यारोपण भन्दा पनि बिरामीहरू डाईलासेस गरेर जीवन मृत्युसँग जुधिरहेका छन् ।

बागलुङका ४० जना मृगौलाका बिरामीले डाइलासेस सेवा लिइरहेका छन् ,यिनीहरूले छिटोभन्दा छिटो मृगौला प्रत्यारोपण
गर्न सकेको खण्डमा देशले स्वस्थ्य नागरिक पाउने अहिले सुविधा पोखरामा भएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डाक्टर पुकार श्रेष्ठले बताउनु भयो ।

धौलागिरि अस्पताल बागलुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लाका सरोकारवालाई डाक्टर श्रेष्ठले मृगौला के कसरी ट्रास प्लान्ट गर्न सकिन्छ सरकारले के कसरी आर्थिक सहयोग गर्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

अस्पतालमा ४३ जना बिरामीले हप्तामा दुई पटक डाइलासेस गर्दै आएका छन् नियमित डाइलासेस भन्दा मृगौला ट्रास प्लान्ट नै उपयोगी भएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमित ढुंगानाले बताए ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट मृगौला ट्रान्स प्लान्ट बारे अन्तर्कियाबाट धेरै कुरा जानकारी भयो बागलुङका मृगौला पीडित बिरामीको उपचार पोखरामा लगेर गर्ने धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी कृष्ण शंकर श्रेष्ठले बताउनु भयो ।

बागलुङ नगरपालिकाका दुई जना मृगौला ट्रास प्लान्ट गरेका बिरामीले डाक्टर पुकार श्रेष्ठसँग सहज रूपमा ट्रास प्लान्ट गरेपछि अहिले सजिलोसँग जिन्दगी बिताइरहेको आफनो अनुभव बिजय श्याम राजभण्डारीले सुनाउनु भयो ।

गण्डकी प्रदेशको दोस्रो ब्यापारी केन्द्र बागलुङको धौलागिरि अस्पतालमा ४३ जना मृगौला बिरामीहरूले नियमित रूपमा डाईलासेस सेवा लिइरहेका छन् ।

लक्ष्यसहित १७ वैशाख २०६९ मा स्थापित मानव अंग प्रत्यारोपण केन्द्रले १० महीनामै मिर्गौलाको सफलता पुर्वक ट्रान्स प्लान्ट गरेको थियो । नेपालमा हरेक वर्ष तीन हजार जनाको मिर्गौला र एक हजारभन्दा धेरैको कलेजो फेल हुने गरेको तथा ३० लाखभन्दा धेरै मधुमेह रोगीहरू छनु ।

नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात झण्डै तीस लाख मानिसलाई मृगौला सम्बन्धि समस्या हुने गरेको छ । तिमध्ये करिब १० प्रतिशतको मृगौला हल्का विग्रने गरेको देखिन्छ । हल्का बिग्रनेमध्ये पनि १० प्रतिशतको मृगौला नराम्रोसित विग्रने गरेको छ ।‘

तिनमा पनि करीब तीन हजार मृगौला रोगी डायलासिस गर्न सके बाँच्छन्, नत्र भने मृत्युको शिकार बन्न बाध्य हुन्छन् । मृगौला रोगीको संख्यामा कमी ल्याउनका लागि पनि सरकारले रोगीको उपचारमा भन्दा रोकथाममा बढी केन्द्रित हुनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्