बागलुङ / बागलुङ सदरमुकाममा रहेको साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाले चालु आर्थिक वर्षमा १ अर्ब ५ करोड बरावरको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको छ । शनिबार संस्थाको १५औं वार्षिक साधारण सभामा उक्त कुरा सार्जजनिक गरिएको हो ।
संस्थाले चालु अर्थिक वर्षमा दुई हजार शेयर सदस्य बृद्धि गर्ने लक्ष्य लिएको छ भने गत आव मा ७० करोड रुपैया बराबरको कारोबार गरेको छ ।संस्थाले गत वर्ष ५७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ।
साधारण सभाको उद्घाटन गर्दै पूर्वसांसद प्रकाश शर्मा पौडेलले सहकारी शेयर पुँजीमा सिमित लाभांश वितरण गर्न मात्र नभई शेयर सदस्यको सुख दुःखको सारथी पनि भएको बताए ।
उनले सहकारीले शेयर सदस्यहरुलाई बचत गर्न पनि प्रोत्साहन गर्नुपर्ने बताए । पौडेलले सहकारीले उत्पादनशिल र सिपमुलक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने आवश्यक रहेको बताए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख एवं संस्थाका शेयर सदस्य हरिहर शर्माले सहकारी मार्फत प्रत्यक शेयर सदस्यको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थाको सल्लाहकार राजेन्द्र आचार्य, केवी राना मगर, पोटकुमारी जिसी, रुद्रप्रसाद शर्मा, शेयर सदस्य दिपक कँडेल, धुव्रराज गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम,, शेयर सदस्य मनोज सापकोटा, उमेश गौतम, संचालक समिति सदस्य प्रमिला शर्मा आचार्य, महिला परिचालन उपसमिति संयोजक लक्ष्मी शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीले भौगोलिक रुपमा छरिएर रहेका आफ्ना सदस्यहरलाई अधिकतम समावेश गर्ने उद्देश्य सहित साझेदारीले क्षेत्रगत रुपमा साधारणसभा समेत संचालन गरेको थियो ।
सहकारीले बलेवा क्षेत्रगत र मुल साधारणसभा गरि दुई चरणमा साधारण सभा संचालन गरेको संस्थाका अध्यक्ष शर्माले बताउनु भयो ।
२०६४ सालमा स्थापना भएको संस्थाको एक हजार सात सय १५ जना शेयर सदस्य रहेका छन भने संस्थाको शेयर पुँजी ४ करोड ८४ लाख ३० हजार ३ सय रुपैँया रहेको संस्थाका प्रबन्धक त्रिलोचन रिजालले जानकारी दिनु भयो ।
शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको प्रबन्धक रिजालले बताउनु भयो । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने ६३ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
साधारण सभामा लेखा सुवपरिवेक्षण समितिका संयोजक निलकण्ठ शर्माको लेखा प्रतिवेदन, कोषाध्यक्ष गणेश लम्सालको आर्थिक र सचिव डिल्ली गौतमको प्रगति प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
संस्थाका अध्यक्ष तेज प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष चुडामणी आचार्यको स्वागत र संस्थाका सचिव डिल्ली प्रसाद गौतम र सहसचिव श्रीकृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।




















































































































































































































