७ जेष्ठ २०८१, सोमबार

 

साझा चौतारी युवा उद्यमशिल सहकारीको अध्यक्षमा पुन: मनोज थापा

बागलुङ । साझा चौतारी यृुवा उद्यमशिल सहकारी संस्था लि बागलुङले २ करोडको कारोवार गरेको छ ।

सहकारीको शनिवार सम्पन्न चौथो वार्षिक साधारण सभामा संस्थाका सदस्य शिवा ढुङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७८ र ०७९ मा २ करोड ७८ लाख ५३ हजार रुपैयाँको कारोवार गरेको जानकारी दिनु भयो ।

साधारण सभाको उद्घाट पछि बोल्दै संस्थाका जेष्ठ सदस्य डम्बर बहादुर हमालले उद्यमी युवाहरुलाई प्रोत्साहित गर्न र उद्यम वृद्धिका लागि सहकारीले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार लखन थापा र कानुनी सल्लाहकार राम बहादुर केसीले मन्तव्य व्यक्त गर्नु भयो ।

संस्थाका अध्यक्ष मनोज थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको संचालन सहसचिव जिवन शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष राजु प्रसाद शर्माले व्यक्त गर्नु भएको थियो ।

यस्तै संस्थाको चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले पुनः मनोज थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

संस्थाको खुल्ला उपाध्यक्षमा राजु प्रसाद शर्मा, महिला उपाध्यक्षमा रितु श्रेष्ठ, सचिवमा जिवन शर्मा, सहसचिवमा अशोक बराइली र कोषाध्यक्षमा राजेश केसी निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा राजेश भारी, भवानी शंकर आचार्य, खिमा खत्री, खिमानन्द कंडेल र शिव प्रसाद ढुङ्गाना शर्मा चयन हुनुभएको छ ।यस्तै किरण आचार्यको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ । सदस्यहरुमा दिपक सापकोटा र लक्ष्मी जिसी खड्का रहनुभएको छ ।

खबरवेबाट

प्रतिक्रिया दिनुहोस्